मधेस प्रदेश : स्रोत नखुलेको ६ लाख रुपैयाँसहित एक भारतीय पक्राउ
मिति: २०२५-०१-३० , समय : १५:३५:४९ , गामघर डेस्क
मिति: २०२५-०१-३० , समय : १५:३५:४९ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेस प्रदेशको पर्सा प्रहरीले स्रोत नखुलेको ६ लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। प्रहरीले वीरगन्जबाट भारत बिहारको रक्सौल– १४ का २७ वर्षीय ओमकुमार रौनियारलाई नियन्त्रणमा लिएको हो।
वीरगन्जको आदर्शनगरबाट रौनियारलाई स्रोत नखुलेको ६ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए। रक्सौलबाट वीरगन्ज आएका रौनियार सवार बिआर ०५ क्यु ४३८४ नम्बरको मोटरसाइकल आदर्शनगरमा प्रहरीले रोकेर चेकजाँच गर्दा मोटरसाइकलको लेगार्डमा झुन्ड्याइएको प्लाीटिकको बोराबाट सो रकम बरामद भएको हो।
नेपाली पाँच सय दरका एक हजार दुई सय थान नोट बरामद भएकोमा रौनियारले सो रकमको स्रोत खुलाउन नसकेपछि बरामद रकम र मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक लम्सालले बताए।
प्रकाशित मिति: २०२५-०१-३० , समय : १५:३५:४९ , १४ घन्टा अगाडि