फ्लाेअप समाचार : भारतको कुम्भ मेलामा भागदौड हुँदा मृत्यु हुनेकाे सङ्ख्या ३० पुग्यो

मिति: २०२५-०१-३० , समय : ०८:५४:५० , गामघर डेस्क

तस्वीर : एजेन्सिबाट

गामघर डेस्क

काठमाडौं ।
भारतको प्रयागराजमा भइरहेको कुम्भ मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ ।

त्यहाँको प्रहरी प्रशासनले घटनामा ३० जनाको ज्यान गएको पुष्टि गर्दै अरु ६० जना घाइते भएका जानकारी दिएको हो ।

यही जनवरी १३ देखि शुरू भएको महाकुम्भ मेलामा अहिलेसम्म १५ करोड जनाले गङ्गामा स्नान गरेको अनुमान छ ।

हिजो माघ कृष्ण औँसीका अवसरमा अमृत स्नानका लागि १० करोडभन्दा धेरै श्रद्धालु कुम्भ मेलामा सहभागी हुने अनुमान गरिएको थियो । तर अस्ति राति नै प्रयागराजको सङ्गमस्थानमा एकाएक भागदौड मच्चिएपछि स्थानीय प्रशासनले अमृत स्नान रद्द गरेको थियो ।

त्यस्तै मेलामा गएका परिवारका सदस्य र आफन्त नभेटिँदा भागदौडबाट प्रभावित भक्तजनले कुम्भ मेलाको व्यवस्थापनमाथि प्रश्न उठाइरहेका छन् । एजेन्सी

प्रकाशित मिति: २०२५-०१-३० , समय : ०८:५४:५० , १५ घन्टा अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित