भारतको प्रयागराज महाकुम्भ मेलामा भागदौड : १५ जनाभन्दा बढीको मृत्युु , दर्जनौं घाइते

मिति: २०२५-०१-२९ , समय : ०८:४५:२८ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

भारत ।
भारतको प्रयागराज महाकुम्भमा भागदौड हुँदा १५ जनाभन्दा धेरैको ज्यान गएको आशङ्का गरिएको छ । विशाल धार्मिक उत्सवको क्रममा भागदौड हुँदा १५ जनाभन्दा धेरैको ज्यान गएको आशङ्का गरिएको छ । घटनामा अरु धेरै घाइते भएका सुरक्षाकर्मीलाई उद्धृत गरी भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

गएराति साढे एक बजेतिर कुम्भ मेलाका क्रममा एउटा घाटमा भागदौड भएको थियो । घटनामा घाइते भएका र ज्यान गुमाएकाहरुको यकिन सङ्ख्या र आधिकारिक पुष्टि हुन बाँकी नै छैन ।

विश्वको सबैभन्दा ठूलो धार्मिक मेलामध्येको एक कुम्भ मेलामा अमृत स्नानका दिन आज एकैदिन दश करोडभन्दा धेरै मानिस उपस्थित हुने अपेक्षा गरिएको थियो ।

भागदौडका कारण अमृत स्नान रद्ध भएको छ । तर अझै हजारौँ मानिसहरुले पवित्र स्नान लिन खोजिरहेका छन् । कुम्भ मेलामा भएको भागदौडपछि सुरक्षाकर्मीले भीडभाडलाई नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् ।

गएको जनवरी १३ तारिखदेखि शुरू भएको महाकुम्भमा अहिलेसम्म १५ करोड मानिसले गङ्गामा स्नान गरेका छन् । एजेन्सी

प्रकाशित मिति: २०२५-०१-२९ , समय : ०८:४५:२८ , १ दिन अगाडि

यहाँ कमेन्ट गर्नुहोस्