मधेस प्रदेश : स्रोत नखुलेको १० लाखसहित दुई जना पक्राउ

मिति: २०२५-०१-२८ , समय : १६:३२:१२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । प्रहरीले मधेस प्रदेशको बाराबाट स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा सखुवाप्रसौनी गाउँपालिका-१ दोहरी टोल बस्ने ३२ वर्षीय अनिल पटवारी थारू र वीरगन्ज महानगरपालिका-१५ लक्ष्मनवा बस्ने ३१ वर्षीय ओमप्रकाश यादव रहेका छन्। इलाका प्रहरी कार्यालय सिमरा र अस्थायी प्रहरी पोष्ट डुमरवानाबाट खटिएको प्रहरीले कलैयाबाट मोरङ विराटनगरतर्फ जाँदै गरेको म.प्र.०३(००१ च ८०७३ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई पक्राउ गरेको हो।
जीतपुर सिमरा उपमहानगरपालिका-१६ पैनी टोलस्थित सडकमा पिकअप गाडी रोकेर तलासी लिँदा उनीहरूको साथबाट स्रोत नखुलेको नगद १० लाख रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने र त्यसले वित्तीय कारोबारको दायित्व पूरा नगर्ने भएकाले गैरकानुनी मानी प्रहरीले नियन्त्रणमा लिने गरेको छ।

प्रकाशित मिति: २०२५-०१-२८ , समय : १६:३२:१२ , २ दिन अगाडि

यहाँ कमेन्ट गर्नुहोस्