मधेस प्रदेश : प्रहरीको हिरासतबाट एक जना थुनुवा फरार

मिति: २०२५-०१-२८ , समय : ०८:१९:५१ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशको बारा प्रहरीको हिरासतबाट एक जना थुनुवा भागेका छन् । बाराको जितपुर सिमरा इलाका प्रहरी कार्यालयको हिरासतबाट थुनुवा भागेको बारा प्रहरीले पुष्टि गरेको छ । प्रहरीका अनुसार सिमरा– २ निवासी महेश चौधरी फरार भएका हुन् ।

उनीमाथि अभद्र व्यवहार मुद्दा दर्ता रहेको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए । उनका अनुसार फोहोर फ्याल्न निकाल्दा उनी फरार भएका हुन् । फरार चौधरी गएको ९ गते पक्राउ परेको बारा प्रहरीले जानकारी दिएको छ । विशेष टोली परिचालन गरेर उनको खोजी कार्य भइरहेको प्रहरी दाबी छ ।

प्रकाशित मिति: २०२५-०१-२८ , समय : ०८:१९:५१ , २ दिन अगाडि

यहाँ कमेन्ट गर्नुहोस्