यसरी चलेको छ ठिंगन हुदै तस्करी : करोडौं राजश्व छलि विभिन्न समान काठमाडौं सम्म ल्याउने गरेको खुलासा

मिति: २०२५-०१-२७ , समय : ०९:०१:३२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं । मधेस प्रदेशको पर्साका विभिन्न नाकाबाट भईरहेको तस्करीका सामान मकवानपुरको ठिंगन , भट्टेडांडा र चापागांउ हुदै उपत्यका भित्रिने गरेको पाइएको छ । पर्साको ड्राईपोर्ट क्षेत्रका नाकाबाट भएको तस्करीको कपडा यसरी ठिंगन भट्टेडांडा हुदै उपत्यका भित्रिने गरेको खुलेको हो । यसरी कपडाको तस्करीको सेटिङ मिलाएर काम गर्नेहरूमा शत्रुधन यादव , किरण कटुवाल र अरूण साह सोनार तेली प्रमुख रहेको समेत बिरगंज स्थित हाम्रो स्थानीय संवाददाताले जानकारी दिएका छन् ।
यी कारोबारीहरूले ठूलो मात्रामा तस्करी भएको कपडा पिकअप गाडीमा लोड गरेरै काठमाडौं पुर्याउने गरेका छन् । उनीहरूको अलावा सर्लाहीबाट समेत यही बाटो प्रयोग गरेर अर्को तस्करी धन्दा पनि चलिरहेको थाहा भएको छ । सर्लाहीका चर्चित कारोबारी सराजुल अन्सारीले पनि भन्सार छलि गरेको कपडाको ठूलो कारोबार गरिरहेका छन् । उनले पहिले सिन्धुलीको बाटो प्रयोग गरेर धन्दा गर्दै आएकोमा अहिले उक्त सडक बाढीले ध्वस्त बनाएपछि कहिले ठिंगन त कहिले रात्रीकालिन बसहरू मार्फत फल्स सिलिङ बनाएर कपडाको ठूलो धन्दा गर्ने गरेको खुलेको हो । ठिंगनबाट हुने तस्करीमा हेटौंडाबाट बिहान ३ देखि ४ बजे हिड्ने र भट्टेडांडामा बिहान ६ बजेको हाराहारीमा पुग्ने गरेको समेत थाहा भएको छ। यसरी तस्करी हुने कपडाबाट दैनिक ठूलो मात्रामा राजश्व छलि भइरहेको छ। नव जनप्रहारबाट

प्रकाशित मिति: २०२५-०१-२७ , समय : ०९:०१:३२ , १३ घन्टा अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित