मधेस प्रदेश : निर्मम तरिकाबाट एक महिलाको हत्या
मिति: २०२५-०१-२६ , समय : १५:५०:४२ , गामघर डेस्क
मिति: २०२५-०१-२६ , समय : १५:५०:४२ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेस प्रदेशको धनुषामा एक महिलाको निर्मम तरिकाबाट हत्या भएको छ । धनुषाको धनुषाधम नगरपालिका वडा नम्बर ५ पर्वताकी २९ वर्षीया संगीता ठाकुरको हत्या भएको हो ।
उनलाई आफ्नै श्रीमानले राती २ बजे ३३ वर्षका देवलाल ठाकुरले ढोकामा लगाउने खुटकिलो काठ प्रहार गरि हत्या गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।
उनका अनुसार राति देवलालले टाउको र घाँटीमा प्रहार गरेका थिए ।
घरायसी विवादमा राती २ बजे हत्या गरेका हुन् । उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
श्रीमान देवलाललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको धनुषाधाम प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०१-२६ , समय : १५:५०:४२ , १ दिन अगाडि