मधेश प्रदेश सरकारले विवादित भाषा विधेयक फिर्ता लियो

मिति: २०२५-०१-२४ , समय : १८:०९:४७ , गामघर डेस्क

तस्बिर : फाइल फाेटाे

गामघर डेस्क

जनकपुरधाम । मधेश प्रदेश सरकारले कामकाजी भाषाका लागि प्रदेशसभामा प्रस्तुत गरेको विधेयक फिर्ता लिएको छ ।

भाषासम्बन्धी विधेयक विवादमा परेपछि प्रदेश सरकारले आजै प्रदेशसभाको बैठकमा विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेको थियो । विधेयक फिर्ता प्रस्तावलाई सभामुख रामचन्द्र मण्डलले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले पास भएको हो ।

शिक्षामन्त्री रानीकुमारी तिवारीले गएको बुधवारको बैठकमा प्रदेशको सरकारी कामकाजीको भाषासम्बन्धमा बनेको विधेयक प्रस्तुत गर्नुभएको थियो । हिजोको प्रदेशसभाको बैठकमा बोल्ने धेरैजसो सांसदले भाषासम्बन्धी विधेयकमा थुप्रै भाषा छुटेको भन्दै विरोध जनाएका थिए । विधेयकमा थारु र मगहीलगायतका भाषालाई समावेश नगरेको भन्दै प्रदेशसभाको बैठक र बाहिर पनि विरोध भएको थियो ।

मधेश प्रदेश सरकारले कामकाजी भाषा मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अङ्ग्रेजी राख्न प्रस्ताव गरेकाे थियाे ।

प्रकाशित मिति: २०२५-०१-२४ , समय : १८:०९:४७ , ८ घन्टा अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित