मधेश सरकारले ल्याएको सरकारी कामकाजी भाषासम्बन्धी विधेयक त्रुटिपूर्ण रहेको भन्दै विरोध

मिति: २०२५-०१-२४ , समय : ०७:५८:०९ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेश प्रदेश सरकारले ल्याएको सरकारी कामकाजी भाषासम्बन्धी विधेयक त्रुटिपूर्ण रहेको भन्दै संसद् र सडकमा विरोध भएको छ ।

प्रदेशसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूले विधेयकको विरोध गरेका छन् । सांसदहरूले उठेर विरोध जनाएपछि बैठक नै स्थगित भएको छ ।

यस्तै मधेशमा बोलिने मातृभाषालाई छोडेर अन्य भाषाहरूलाई विधेयकमा समावेश गरिएको भन्दै युवाहरूले प्रदेशसभाअघि विरोध प्रदर्शन गरेका छन् । सरकारले प्रदेशसभामा पेश गरेको विधेयकमा मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजीलाई कामकाजी भाषाको रूपमा समेटिएको छ ।

प्रकाशित मिति: २०२५-०१-२४ , समय : ०७:५८:०९ , ७ घन्टा अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित