फ्लाेअप समाचार : पत्रकार वैद्यनाथ यादवलाई पक्राउ गर्न उजुरी दिने सीके राउतकै कार्यकर्ता भएको खुलासा

सीके राउत पत्निले ५ दिन अघि नै गरेकी थिईन पत्रकार वैद्यनाथ यादव पक्राउ पर्ने संकेत...

मिति: २०२५-०१-२२ , समय : १७:४६:४७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार तथा पूर्वउपाध्यक्ष वैद्यनाथ यादवलाई जनमत पार्टीका अध्यक्ष सीके राउतकै प्रपञ्चबाट पक्राउ गरिएको पुष्टि हुन थालेको छ।

सप्तरी प्रहरीका अनुसार पैसा डबल गर्दिने प्रलोभनमा सर्वसाधारणको रकम ठगी गरेको आरोपमा पक्राउ परेका हुनमानी भनिने रामबहादुर रजककै प्रकरणमा पत्रकार यादव पक्राउ परेका हुन। उनलाई प्रहरीले आज विहान पक्राउ गरेको हो।

प्रहरीका अनुसार पत्रकार यादवलाई सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका– ८ का भरतकुमार ठाकुरको जाहेरीमा पक्राउ गरिएको हो। ठाकुर डा. सीके राउतकै पार्टीको कार्यकर्ता रहेको खुलेको छ।

उनी ०७९ सालको स्थानीय तह निर्वाचनमा जनमत पार्टीको तर्फबाट तिलाठी कोईलाडी – ८ मा वडाध्यक्षको उम्मेदवार थिए। जनता समाजवादी पार्टीका उम्मेदवार सत्यनारायण यादव ७२१ मत ल्याएर वडाध्यक्षमा निर्वाचित हुँदा ठाकुरले भने १३६ मत ल्याएर चौथो स्थान प्राप्त गरेका थिए।

यता सप्तरीका पत्रकार वैद्यनाथ यादवलाई बु्धबार विहानै प्रहरीले पक्राउ गरेको छ। प्रहरीले ठगी आरोपमा उजुरी परेपछि अनुशन्धानका लागि नियन्त्रणमा लिएको वताएपनि जनमत पार्टीका अध्यक्ष सीके राउतको षडयन्त्र र दबाबमा उनलाई पक्राउ गरिएको भन्दै आलोचना भईरहेको छ।

सीके राउत पत्नि सोनी सिन्धु रानीले ६ दिन अघि नै पत्रकार यादव लगायत कतिपय उनका सहयोगी पक्राउ पर्न सक्ने संकेत गरेकी छिन्। जनमत पार्टीका प्रदेश सांसद शम्भु साहले मधेश प्रदेश सभामै वैद्यनाथलाई मुद्दा चलाउन दबाब सृजना गरेपछि सोनीले यस्को संकेत गरेकी थिईन।

उनले फेसवुक मार्फत पत्रकार यादव र शिव अधिकारी लगायत आफना सहयोगीलाई झुठा मुद्दामा फसाउन लागिएको जनाएकी थिईन। नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार तथा पूर्वउपाध्यक्षसमेत रहेका यादवलाई त्यसको ५ दिनपछि पक्राउ गरिएको हो। शिर्ष खबरबाट

प्रकाशित मिति: २०२५-०१-२२ , समय : १७:४६:४७ , ८ घन्टा अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित