स्ववियु निर्वाचन र बिघार्थि सङ्घ सगठनकाे राजनितिक

मिति: २०२३-०३-१८ , समय : १२:०४:३२ , शैलेन्द्र साह

फाइल फाेटाे

शैलेन्द्र साह

राजविराज । नेपालमा अहिलेसम्म भएका राजनीतिक, सामाजिक, साँस्कृतिकलगायत परिवर्तनकारी आन्दोलनमा विद्यार्थीको भूमिका अत्यन्त महत्वपूर्ण रहँदैआएको छ । विद्यार्थीको सक्रिय र निर्णायक सहभागिताबाट भएका आन्दोलनले नै नयाँ नेपालको आधारशीला निर्माण गरेको छ । तर दूर्भाग्य नै भनौं, एक दशकभन्दा बढी समयबाट देशको शैक्षिक कार्यक्रममा ८० प्रतिशत हिस्सेदारी रहेको त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन सकेको छैन । जसले गर्दा संस्थागत र संगठित ढंगले विद्यार्थी आन्दोलन अघि बढ्न सकेन ।
स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नहुँदा विभिन्न तर्कसम्मत र व्यापक विचारधारात्मक प्रश्नका सट्टा विद्यार्थी संलग्नता राजनीतिक दलका वृहत् राजनीतिक दृष्टिकोण एवम् अभियानसँग जोडिन सकेन । यही चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुँदैछ । जसका लागि प्रक्रियाहरु आरम्भ भइसकेको छ । यसले देशको लोकतान्त्रिक शैक्षिक प्रणालीको रुपरेखा तय गर्न तथा आवश्यक सुधार सुनिश्चित गर्न योगदान दिनेमा म विश्वस्त छु ।
दुई दशकअघि म आफैं पनि जनकपुरधामस्थित राराब क्याम्पस स्ववियुका सचिव हुँदा विश्वविद्यालय र विद्यार्थीबीच विभिन्न समयमा भएका सम्झौता कार्यान्वयन गराउन, विश्वविद्यालयका नीति निर्माण तथा कार्यान्वयनमा विद्यार्थीको प्रतिनिधित्व गराउन, शैक्षिक वातावरण कायम गर्दै क्याम्पसलाई एउटा बौद्धिक र चारित्रिक संस्थाको विकास गर्ने जिम्मेवारी निर्वाह गरेको थिएँ । विश्वविद्यालयमा हुने गतिविधि राजनीति निरपेक्ष हुँदैन र हुनु पनि हुँदेन । देशलाई चाहिने जनशक्ति उत्पादनको यो थलोमा हुने अभ्यासबाट सकारात्मक र सार्थक परिवर्तन सुनिश्चित हुन्छ । विद्यार्थी संगठनलाई जीवन्त र अग्रगामी बनाउने स्ववियु निर्वाचनमा उत्साहित भएर लाग्न म सबै विद्यार्थीलाई आह्वान गर्दछु ।
यस स्ववियु निर्वाचनमा जनता समाजवादी पार्टीको विद्यार्थी संगठन समाजवादी बिधार्थी युनियन, नेपाल पनि सहभागी भइरहेको छ । नवीन र अग्रगामी विचार तथा योजनाका साथ अघि आएको समाजवादी बिधार्थी युनियन, नेपाल संगठनलाई स्ववियुको नेतृत्वमा पुर्याउन म सबै मतदाता विद्यार्थीसँग आग्रह गर्दछु ।

प्रकाशित मिति: २०२३-०३-१८ , समय : १२:०४:३२ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित