मधेस प्रदेश : ४ दिनदेखि बेपत्ता युवकको शव पोखरीमा फेला

मिति: २०२५-०१-२२ , समय : १७:३३:२५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशको धनुषामा चार दिनदेखि बेपत्ता एक युवकको शव पोखरीमा डुबेको अवस्थमा फेला परेको छ ।

धनुषाको छिरेश्वरनाथ नगरपालिका-८ दिगम्बरपुरस्थित पोखरीमा २१ वर्षीय आँशुकुमार महराको शव फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार शाहका अनुसार बुधबार दिउँसो महराको शव फेला परेको छ ।

परिवारजनका अनुसार युवक छारे रोगबाट ग्रसित थिए । लुकेर माछा मार्ने क्रममा एक्कासि छारे रोगले च्याप्दा उनी पोखरीमा डुबेको हुनसक्ने आशंका प्रहरीको छ । घटनास्थलमा बल्छी पनि फेला परेको प्रहरी निरीक्षक शाहले बताए ।

यता साे घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाको छ ।

प्रकाशित मिति: २०२५-०१-२२ , समय : १७:३३:२५ , 3 months अगाडि