मधेस प्रदेश : झण्डै दुई क्विन्टल गाँजा बरामद , ट्रक र चालक पनि नियन्त्रणमा
मिति: २०२५-०१-१९ , समय : १०:३५:४२ , गामघर डेस्क
मिति: २०२५-०१-१९ , समय : १०:३५:४२ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
प्रहरीले मधेस प्रदेशको पर्साबाट झण्डै दुई क्विन्टल लागूऔषध गाँजा बरामद गरेको छ । करिब १९५ किलोग्राम गाँजासहित ट्रक नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जानकारी दियो । प्रहरीका अनुसार मकवानपुर घर भएका ट्रक चालक पनि नियन्त्रणमा छन् ।
‘झण्डै १९५ किलो जाँजासहित ट्रक र चालकलाई नियन्त्रणमा लिएका छौं । अहिले भेरिफिकेसनको काम भइरहेको छ । विस्तृत केहीबेरपछि उपलब्ध गराउँछौं’, पर्सा प्रहरीका एक अधिकृतले भने । वीरगञ्ज महानगरपालिका क्षेत्रबाट उक्त गाँजा बरामद गरिएको हो । गाँजा भारततर्फ लैजान लागिएको भन्ने सूचनाको आधारमा प्रहरीले खोजतलास अघि बढाएको थियो । यसक्रममा उक्त गाँजा र टक्र नियन्त्रणमा लिइएको हो ।
प्रकाशित मिति: २०२५-०१-१९ , समय : १०:३५:४२ , 3 months अगाडि