सप्तरीको हनुमाननगरस्थित महाविर माविमा समाजवादी विद्यार्थी युनियन एकाई गठन
मिति: २०२५-०१-१६ , समय : २०:२५:५५ , गामघर डेस्क
मिति: २०२५-०१-१६ , समय : २०:२५:५५ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको हनुमाननगर कङ्कालिनि नगरपालिका स्थित महाबिर उच्च माध्यमिक बिधालयमा जनता समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी विद्यार्थी युनियन नेपालको इकाई समिति गठन गरिएको छ ।
समाजवादी विद्यार्थी युनियन नेपाल सप्तरीका उपाध्यक्ष अनिल साहको अध्यक्षतामा बिहिबार आयोजित भेलाले चन्दन यादवको अध्यक्षतामा १९ सदस्यीय इकाई समिति गठन गरिएको हो ।
गठित समितिको उपाध्यक्षमा पुर्णिमा मण्डल, श्रवण मंडल,सचिवमा मिथलेश साह, कोषाध्यक्षमा संतोषी मंडल चयन भएका छन् ।
समितिको सदस्यहरुमा आनन्द सदा , अंजली दास, मासुम खातुन, कल्पना मंडल, तुलसी दास, मोनिका दास, फरिदा खातुन, आरती मंडल, प्रियंका साह, रिका कुमारी राय, अमित यादव , संतोषी साफी, सुनिता यादव , गुडिया शर्मा रहेका छन् ।
कार्यक्रममा समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रीय सदस्य एवम् सप्तरीको जिल्ला संगठन बिभाग प्रमुख श्याम कुमार यादव , स्वबियु मबिब क्याम्पसकी कोषाध्यक्ष मेनुका साह, सदस्य बिनय यादवको उपस्थिती रहेका थिए ।
प्रकाशित मिति: २०२५-०१-१६ , समय : २०:२५:५५ , ४ घन्टा अगाडि