मधेस प्रदेश : कार र मोटरसाइकल ठोक्किदा साहकाे घटनास्थलमै मृत्युु

मिति: २०२५-०१-१२ , समय : २१:४५:५४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशको धनुषामा कार र मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाइकलमा सबार एकको घटनास्थल मै मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन।

जिल्लाको बिरेंद्रबजार महिनाथपुर सडक खण्ड अन्तर्गत सबैला नगरपालिका १० को सिमरारी र शहिदनगर नगरपालिकाको हौवाहिको बिचमा कार र मोटरसाइकल एकापसमा ठोक्किएको हो।

उत्तरदेखि दक्षिण तर्फ गइरहेको बागमती प्रदेश ०१ ०२७ च ८२२९ नम्बरको कारमा दक्षिण देखि उत्तरतर्फ गइरहेको ज ११ प ७७९६ नम्बरको एफ जेड मोटरसाइकलले कारको दाहिने भागमा ठोक्किदा उक्त दुर्घटना भएको हो।

मोटरसाइकलमा सवार अमन कुमार साहको घटनास्थलमै मृत्यु भएको तथा आकाश कुमार जायसवालको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय सवैलाका प्रहरी निरीक्षक दिपक क्षेत्री महतले जानकारी दिए ।

गम्भीर घाइते आकाश जयसवाल र मृत अमनको शवलाई पाेष्टमाटर्मसका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ।

यता घटनामा संलग्न कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०१-१२ , समय : २१:४५:५४ , ६ घन्टा अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित