रवि लामिछानेलाई फेरि प्रहरीले न्याययिक हिरासतमा लगियो

मिति: २०२५-०१-१२ , समय : २०:५२:०१ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरी परिसर काठमाडौंको हिरासतमा लगिएको छ।जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले न्यायिक हिरासतमा पठाउने आदेश दिएपछि लामिछानेलाई प्रहरी परिसर काठमाडौंको हिरासतमा लगिएको हो ।
उनलाई भर्खरै काठमाडौं जिल्ला अदालतबाट प्रहरीले लगेको छ । उनलाई आज भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा राखिने छ ।गत बिहीबार कास्कीको सूर्यदर्शन सहकारी ठगीमा धरौटीमा रिहा भएका लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो । सोही मुद्दाको बयानका लागि लामिछाने आइतबार आफैं अदालत हाजिर भएका थिए । यता जिल्ला अदालत काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा पठाएको छ।जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएका हुन्।लामिछानेलाई सुर्यदर्शन सहकारी पोखराको मुद्दामा जिल्ला अदालत कास्कीले यसअघि ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो।
गत बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिजकुमार राईको इजलासले लामिछानेसहित सातजनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।लामिछाने आइतबार आफै अदालत हाजिर भएका थिए। उनी उपस्थित भएपछि न्यायाधीश अधिकारीको इजलासमा उनको बयान भएको थियो।स्वर्णलक्ष्मीबाट गोर्खा मिडिया नेटवर्कमा कानुनविपरीत पाँच करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ गएको प्रहरी अनुसन्धानले देखाएको छ । सरकारी वकिल कार्यालयले रविलाई सो रकम बिगो माग दाबी गरेर मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति: २०२५-०१-१२ , समय : २०:५२:०१ , ४ घन्टा अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित