सप्तरीको भारदहमा पंपसेट मेसिनमा परेर साफिकाे मृत्यु
मिति: २०२५-०१-१० , समय : २२:५२:१६ , श्रीकान्त यादब
मिति: २०२५-०१-१० , समय : २२:५२:१६ , श्रीकान्त यादब
श्रीकान्त यादब
राजविराज ।
सप्तरीमा पंपसेट मेसिनमा परेर एक ब्यक्तिको मृत्यु भएको छ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १ भारदह स्थित कंकालिनी भगवती मन्दिर देखि पूर्व कोशी डुवान क्षेत्र भित्र गहुँको बालीमा पंपसेट मेसिन बाट पानी दिने ( पटाउने ) क्रममा सो मेसिनमा ओढ्ने गम्छा बेरिएपछि मेसिनमा परेर मृत्यु भएको हो।
मृत्यु हुनेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न. १ बस्ने अंदाजी वर्ष ५६ का दूखा साफी (रजक) रहेको छ । मृतक साफि समान्य परिवारका कृषक हुन ।
यता मृतक साफीकाे शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिँह अंचल अस्पताल राजबिराज लगिएको तथा घटनाको थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०१-१० , समय : २२:५२:१६ , ४ घन्टा अगाडि