प्रेमको जालमा परी १४ वर्षीया युवतीले जन्माईन छाेरी : गर्भवती बनाउने प्रेमी फरार

मिति: २०२५-०१-०६ , समय : १५:५३:१८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजबिराज । सप्तरीमा एक १४ वर्षीया बालिका माया प्रेमको जालमा परी बच्चा जन्माएकी छिन् । गर्भवती बनाएर युवक फरार भएकाे अवस्थामा बालिकाले छाेरीकाे जन्म दिएकी हुन ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ७ हाट्टीकी हुन । छिमेकी रामअवतार मण्डलका २२ बर्षीय छोरा प्रमोदले माया, प्रेमको जालमा पारी गर्भवती बनाएको बालिकाले सोमबार राजविराजमा पत्रकारहरु समक्ष बताएकी हुन् ।

नेपाल पत्रकार महासंघ सप्तरीमा आज आफ्ना वृद्ध आमाबुवासँगै आएकी बालिकाले घरमा कामका लागि राखेर आफ्नो यौन शोषण गरेको बताइन् । ज्याला दिने भन्दै छिमेकी रामअवतार मण्डलले घरमा काम गर्न राखेको बालिकाको भनाई छ । त्यहीं क्रममा रामअवतारका छोरा प्रमोदले माया, प्रेमको जालमा पारी यौन शोषण गरेको बालिकाको भनाई छ ।

प्रमोदको गर्भ बोकेपछि विवाह गर्ने लोभ देखाएको बालिकाले बताइन् । ‘१५ दिन युवक र उनका परिवारले स्वीकार गरेर घरमा पनि राखे’ बालिकाले भनिन्, ‘घरमा राख्ने क्रममा गालीगलौज र कुटपिट समेत गर्दै घरनिकाला गर्यो ।’

काखे ८ महिने छोरीसहित पत्रकार समक्ष उपस्थित भएकी बालिकाले आफूलाई घरबाट निकाला गरेपछि प्रमोद पनि गाउँबाट भागेको बताइन् ।

यसबारे प्रहरीमा पनि उजुरी दिएको उनले बताइन् । बालिकासहित उनका परिवारले न्याय दिलाइदिन सबै समक्ष आग्रह गरेका छन् ।

न्याय नपाए आफ्नै शरीरमा आगो लगाएर ज्यान दिने बालिकाकी आमाले पत्रकार सम्मेलनमा बताइन् ।

प्रकाशित मिति: २०२५-०१-०६ , समय : १५:५३:१८ , २ दिन अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित