सप्तरीमा पैसा डब्बल बनाउने गिराेहका मुख्य अपराधी हनुमानी रजक पक्राउ
मिति: २०२५-०१-०६ , समय : ०८:४५:२४ , गामघर डेस्क
मिति: २०२५-०१-०६ , समय : ०८:४५:२४ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सम्पत्ति आर्जन गर्ने उदेश्यले संगठित रुपमा अवैध गतिविधिमा सक्रिय गिरोहका कमान्डर तथा मुख्य अपराधी हनुमानी भनिने राम बहादुर रजक पक्राउ परेका छ्न। ठगीको आरोपमा सप्तरी प्रहरीले आइतबार उनलाई पक्राउ गरेको छ । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा न.७ बभनगामा टोल बस्ने आरोपितलाई उनकै गाउँबाट पक्राउ गरिएको सप्तरी प्रहरीले जानकारी दिएको छ।उनको गिरोहले पैसा छापेर दोब्बर दिने,विभिन्न मुद्दामा हिरासत/कारागारमा रहेका आरोपितलाई छुटाइ दिने प्रलोभनमा पारि रकम ठगिएको आरोप लागेको छ।
आपराधिक पृष्ठभुमिदेखी ठुलो व्यक्तिहरुको संरक्षणमा दुई दशकदेखि ठगी धन्दा चलाइरहेको उक्त गिरोहले विभिन्न अवैध कारोबार मार्फत सम्पत्ति आर्जन गरिरहेको स्रोतले बताए ।
ठगीमा परेका पिडितहरूकाे उजुरी र जाहेरी दर्खास्त परेपछि प्रहरीले सप्तरी जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।आइतबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलिले उनलाई पक्राउ गरिएको हो। सोमबार आज पत्रकार सम्मेलन मार्फत विस्तृत जानकारी दिइने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०१-०६ , समय : ०८:४५:२४ , २ दिन अगाडि