सप्तरीमा विभिन्न मुद्दाका तिन जना फरार प्रतिवादी पक्राउ
मिति: २०२५-०१-०५ , समय : १९:१४:४८ , गामघर डेस्क
मिति: २०२५-०१-०५ , समय : १९:१४:४८ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा आइतबार किर्ते जालसाजी, जालसाजी कुटपिट र लेनदेन ५ मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउ गरीएको जनाएको हो ।
जिल्ला प्रहरी कार्यालयद्वारा जारी प्रेस विज्ञप्ति अनुसार ६ महिना कैद तोकिएका लेनदेन मुद्दाका शम्भुनाथ नगरपालिका १ का महेन्द्र सदा, कुटपिटमा रु १२ र लुटपिट मुद्दामा ५ रुपैयाँ जरिमाना मुद्यामा तिरहुत गाउँपालिका ४ का सुरेन्द्र प्रसाद यादव, सोही ठाउँका जालसाजी तथा जालसाजी किर्ते मुद्दामा छुट्टाछुट्टै गरी छुट्टाछुट्टै रु ३० जरिवाना तोकिएका संयुक्ता देवी देव पक्राउ प्रहरुलिे जनाएका छन्।
उनीहरुलाई ५ रुपैयाँदेखि हजार देखि रु १२ जरिवाना तोकिएको छ । ऊनीहरुलाई कैद तथा जरिवाना भुक्तानका लागि आइतबार सप्तरी जिल्ला अदालत राजविराज दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: २०२५-०१-०५ , समय : १९:१४:४८ , २ दिन अगाडि