अझै राेकिएन मधेस प्रदेशको विभिन्न सिमानाका हुँदै तस्करी…

मिति: २०२५-०१-०५ , समय : ११:३४:५२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । पछिल्लोपटक मधेस प्रदेशको विभिन्न सिमावर्ति नाकाबाट स्थानीय प्रहरी प्रशासनकाे मिलाेमताेमा अबैध तस्करी फष्टाएकाे छ । साेहि क्रममा मधेस प्रदेशको वीरगंजको प्रसौनीभाठ्ठा सिमानाका हुँदै तस्करी मौलाएको छ । प्रसौनीभाठ्ठा सिमानाका हुँदै धान, गहुँलगायतका खाद्यान्न, किराना सामान,काजु, रेडबुल, चिनी, चामल, मैदा, पनिर मसाला, चकलेट, बच्चा पिउने पावडर दुध, होर्लिस, बिस्कुट, कुरमुरे, पास्ता, आलु–प्याज, फलफूल, तरकारी, माछा, प्रतिबन्धित औषधि, पानमसाला, राजनिवास रजनीगन्धा, पराग, सुर्तीजन्य पदार्थ , लुगा धुने डिटर्जेन्ट, कुखुराको चल्ला र ब्वाइलर कुखुराको तस्करी मौलाएको छ ।
यस्तै, थानको लत्ताकपडा तथा तयारी पोसाक,जुत्ता–चप्पल, मोबाईल,मोबाईल पार्टस, कस्मेटिक्स, भाँडाकुँडाका सामान, इलेक्ट्रिक पार्टस्, मोबाईल पार्टस्, हार्डवेयर, मेसिनरी पार्टस्, पानी तान्ने मोटर, मलखाद तथा केमिकल फर्टिलाइजर लगायतको समान पनि नेपाल तर्फ तस्करी भइरहेको छ । नेपालबाट स्थानीय घरेलु मदिरा र कम गुणस्तर भएको लिची, कस्तुरी, सोफीलगायतका रक्सी, भारततर्फ तस्करी भइरहेको छ ।केही कुख्यात तस्करहरुले राँगाभैंसी तस्करी गर्न ठूलो लाईन पाएका छन । अवैध राँगाभैसीको लस्कर प्रसौनीभाठा बिओपि पछाडीको खोला छेउबाट नेपालतर्फ पठाउने गरेका छन ।यसनाकाबाट लागूऔषधको समेत कारोबार भइरहेको छ ।भन्सार छली अवैध रूपमा भारतीय समानहरु तस्करी गरी पर्साका ग्रामिण बजार पोखरिया, केहुनिया, महुवन बजार, बिशरामपुर, डकैला, निचुटा, देउरिया, बढनिहार, रंगपुर, परवानीपुर र जितपुर लगायत ठाउँहरुमा सञ्चालन रहेका पसलहरूमा दिने गरेका छन्। नव जनप्रहारबाट

प्रकाशित मिति: २०२५-०१-०५ , समय : ११:३४:५२ , २ दिन अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित