सप्तरीको छिन्नमस्ता गाउँपालिकाद्धारा ५९ महिलालाई निःशुक्क विद्युत मिटर वितरण
मिति: २०२५-०१-०४ , समय : १९:३९:४१ , श्रीकान्त यादव
मिति: २०२५-०१-०४ , समय : १९:३९:४१ , श्रीकान्त यादव
श्रीकान्त यादव
राजविराज ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाले आर्थिक रूपमा कमजोर, सामाजिक रूपमा पछि परेका, एकल महिला, विपन्न वर्ग, र दलित समुदायका ५९ महिलालाई निःशुल्क मिटर वितरण गरेको छ।
विद्युत् जडानका लागि टोल टोलमा तार रहे पनि मिटर किन्न समेत रकम नभएका महिलाईलाई विद्युत संचालनका लागि मिटर सहित समान पालिका मार्फत व्यावस्थापन गरिएको अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए । आर्थिक रूपमा कमजोर, सामाजिक रूपमा पछि परेका, एकल महिला, विपन्न वर्ग, र दलित समुदायका परिवारमा विद्युत मिटर नभएका कारण जवरजस्ती डरकापले वालिरहेका विजुली वतीको समस्या प्रति मध्य नजर गर्दै निःशुल्क मिटर वितरण गरेको चौधरीले बताए ।
मिटर नभएका कारण बत्ती वाल्न नसकिनाले बालबालिकालाई पठनपाठनमा बाधा, महिलाहरूको घरधन्दा र सानातिना रोजगारीका काममा समेत अप्ठ्यारो हुने र सामान्य जीवनका हरेक गतिविधिमा असुविधा भएको जनगुनासो पश्चात विद्युत प्राधिकरणको समन्वयमा मिटर वितरण गरेको अध्यक्ष चौधरीले बताए ।
प्रकाशित मिति: २०२५-०१-०४ , समय : १९:३९:४१ , ३ दिन अगाडि