सप्तरीमा सरकारी सवारी साधनको चरम दुरुपयोग : सेताे नम्बर प्लेटलाई प्राइभेट बनाएर खुलेआम प्रयोग

मिति: २०२५-०१-०४ , समय : १५:१०:५१ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
नेपाल खानेपानी संस्थान राजविराजका लेखा प्रमुख र कर्मचारीले नै सरकारी गाडीको नम्बर परिवर्तन गरेर दुरुपयोग गरेको पाइएको छ । उनीहरूले सरकारले दिएको सेतो प्लेटको गाडीलाई रातो प्लेटमा परिवर्तन गरेर व्यक्तिगत तथा घरायसी काममा प्रयोग गरेको पाइएको हो । नेपाल खानेपानी संस्थान राजविराजका चार वटा गाडीमा निजी नम्बर प्लेट लगाएर खुलेयाम प्रयोग गर्ने गरिएको तथ्य फेला परेको छ।

खानेपानी संस्थानका निमित्त कार्यलय प्रमुख राजाराम यादवले प्रशासन शाखालाई पत्राचार गर्दै निजी नम्बरको प्लेट हटाएर सरकारी प्लेट राख्न भनेपछि कुरा बाहरिएको हो। स ३ प २०७, स ८ प ८६८४, म २(०१(००४प ३३८०नम्बरको मोटरसाइकल गाडी र प्र २(२(००२ प६४३४ नम्बरको स्कुटी गाडी खानेपानी संस्थानको नाममा रहेको छ। यद्यपी सो गाडी त्यहाँका कर्मचारीले लामोसमयदेखि निजी नम्बर प्लेट लगाएर परिवारिक काममा प्रयोग गरिरहेको हो। गाडीहरू लेखा प्रमुख अजय बडयैत, वितरण शाखाका ललन झा, खरिद प्रमुख हेमा थापा र एउटा कार्यालय प्रयोजनको लाग प्रयोग भइरहेको कार्यालय स्रोतले जानकारी दिए।

स्रोतका अनुसार लेखा प्रमुख अजय बडयैतले नै आफू र आफ्नो श्रीमती हेमा थापालाई निजी प्रयोगको लागि निजी नम्बर प्लेट प्रयोग गर्दै आएको हो। निजी प्लेटमा कसैको रोकटोक हुँदैन्, सरकारी विदाको दिन, परिवारिक काममा गाडी चलाउन पाइन्छ,स्रोतले भन्यो, कसैलाई सरकारी गाडी भएको थाहा पनि हुँदैन।

अजय बडयैतले सरकारी नम्बर प्लेटमा निजी नम्बर लगाएर गाडी चढेको स्विकार गर्छन्।यद्यपी गाडीमा सरकारी नम्बर लगाउनु हाकिमको जिम्मेवारी रहेको उनको भनाई छ। हाकीम साबले पत्र काटेपछि हामीले गाडी जिम्मा लगाइदिएको हुँ, उनले भने। कार्यालय प्रमुख यादवले सरकारी गाडीमा निजी नम्बर प्लेट लगाउनु ठीक नभएको स्विकार्छन्। अघि देखि नै यस्तै छ म भदौमा आए,उनले भने, यस्तो नगर्नुपर्ने हो, मैले पनि यातायात कार्यालयलाई यसको लागि पत्राचार गरेको छूँ। सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले यस बिषयमा बुझ्ने कार्य भइरहेको बताए । नयाँ पत्रिका

प्रकाशित मिति: २०२५-०१-०४ , समय : १५:१०:५१ , ३ दिन अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित