मधेस प्रदेश : वीरगञ्ज भन्सारबाट धानचामलको आयात बढ्यो

मिति: २०२५-०१-०३ , समय : १४:३१:२५ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुरधाम । चालू आर्थिक वर्षको पाँच महिनामा वीरगञ्ज भन्सारबाट धानचामलको आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार पाँच महिनामा तीन अर्ब ९३ करोड ६३ लाख २० हजार रुपैयाँको धान आयात भएको छ ।

गएको आर्थिक वर्षको यही अवधिको तुलनामा चालू आर्थिक वर्षमा धान आयात ६० दशमलव २८ प्रतिशतले बढेको छ । साथै राजस्व सङ्कलनको आधार पनि एक सय ४५ दशमलव २३ प्रतिशतले बढेको छ ।

गएको आर्थिक वर्षको पाँच महिनामा दुई अर्ब ४० करोड ३१ लाख ६४ रुपैयाँ बराबरको धान आयात भएको थियो । चालू आर्थिक वर्षको पाँच महिनामा ९२ करोड ८० लाख ९० हजार रुपैयाँ मूल्य बराबरको ८८ लाख ६६ हजार पाँच सय ४० किलोग्राम चामल आयात भएको छ ।

गएको आर्थिक वर्षको यही अवधिको तुलनामा चालू आर्थिक वर्षमा चामल आयात ५४ दशमलव १२ प्रतिशत र राजस्व सङ्कलनको आधारमा २० दशमलव ८८ प्रतिशतले वृद्धि भएको छ । रासस

प्रकाशित मिति: २०२५-०१-०३ , समय : १४:३१:२५ , ४ दिन अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित