मधेस प्रदेशका धेरै ठाउँमा आज पनि हुस्सु र कुहिरो यथावत्

मिति: २०२५-०१-०३ , समय : ०८:४३:२५ , श्रीकान्त यादव

तस्बिर : सामाजिक सन्जालबाट

श्रीकान्त यादव

राजविराज । सप्तरी सहित मधेस प्रदेशका धेरै ठाउँ र पहाडका उपत्यका तथा बेँसी क्षेत्रमा आज पनि हुस्सु र कुहिरो लागेको छ । पहाडी क्षेत्रमा बिहानपख लागेको कुहिरो दिउँसोपछि हटे पनि तराईमा दिनभरजसो हुस्सु लाग्ने गरेको छ ।

अझै केही दिन तराईको मौसम यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हुस्सुसँगै चिसो सिरेठो चल्न थालेपछि तराईको जनजीवन कष्टकर बनेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने छ ।

यसैगरी राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

भोलि बिहान पनि तराई तथा काठमाण्डौ उपत्यकाका धेरै ठाउँमा हुस्सु लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०१-०३ , समय : ०८:४३:२५ , ४ दिन अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित