किशोरीलाई बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ

मिति: २०२५-०१-०२ , समय : ०८:३४:५२ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

विराटनगर ।
कोशी प्रदेशको झापामा १८ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। मेचीनगर नगरपालिका–१५, ज्यामिरगढीमा डेरा गरी बस्दै आएका पश्चिम बङ्गाल, हाँसीमाराका ३५ वर्षीय कुमार तामाङलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय धुलाबारीका अनुसार, ती किशोरीमाथि शुक्रबार साँझ बलात्कार भएको उजुरीका आधारमा तामाङलाई पक्राउ गरिएको हो। घटनाको अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: २०२५-०१-०२ , समय : ०८:३४:५२ , ५ दिन अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित