पैसा छापेर दोब्बर गर्ने सप्तरीको हनुमानी गिरोहविरुद्ध ठगी मुद्दामा पक्राउ पुर्जी जारी
मिति: २०२४-१२-३१ , समय : २१:२२:२० , गामघर डेस्क
मिति: २०२४-१२-३१ , समय : २१:२२:२० , गामघर डेस्क
गामघर डेस्क
राजविराज।
पैसा छापेर दोब्बर दिने प्रलोभनमा पारी ठगी धन्धा चलाइरहेका गिरोहविरुद्ध सप्तरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। आपराधिक ठगी तथा विश्वासघात मुद्दामा उनीहरू विरुद्ध पक्राउ पुर्जी जारी भएको स्रोतले जनाएको छ।
दुई दशकदेखी ठगी धन्धा चलाइरहेका सो गिरोहका मास्टरमाइन्ड
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका-७ बस्ने हनुमानी भनिने रामबहादुर रजक लगायतको आरोपितविरुद्ध प्रहरीले अदालतबाट पक्राउ आदेश लिएको हो।
उक्त गिरोहको ठगीमा परेका पीडितहरुको जाहेरी दर्खास्तमा आरोपितले झुक्याई प्रलोभनमा पारी ठगी तथा अपराधिक विश्वासघात गरी अन्याय गरेको बताइएको छ।उनीहरूबाट पटकपटक गरी लाखौं रकम ठगिएको उल्लेख छ।
त्यस्तै,ठगिएको रकम र व्याज समेत फिर्ता गर्न भन्दा आजभोली गरी आलटाल गरेको उल्लेख छ।ठगिएको रकम फिर्ताका लागी दबाब बनाउँदा पीडितहरुलाई गिरोहका सदस्यहरुले धाकधम्की समेत दिएको बताइन्छ ।आरोपितहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिता, २०७४ को दफा २४९ र २४९ को उपदफा ३ को (ग), दफा २५२ र यस दफाको उपदफा ३ को (ख) बमोजिम कानूनी कारवाहीको माग गरिएको छ।
जिल्ला सप्तरी राजविराज नगरपालिकास्थित जाहेरवालाको घरमा विभिन्न मिति समयमा विपक्षीले सो रकम ठगी गरेको २०८१ मंसिर ५ गते पीडितहरुलाई थाहा भएको बताउँछन् ।आरोपितहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता एवं प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतसँग बुझ्दा उहाले पक्राउ गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२४-१२-३१ , समय : २१:२२:२० , ७ दिन अगाडि