सप्तरीको छिन्नमस्ता गाउँपालिका बालविवाह मुक्त घोषणा : कति खर्च भयो बालविवाह मुक्त घोषणामा…?
लाखौं खर्चेर पालिकालाइ बाल विवाह मुक्त घाेषणा गरेपनि व्यवहारमा यसलाई लागू हुनपर्ने स्थानीयहरुकाे माग
मिति: २०२४-१२-२९ , समय : २०:१८:५५ , श्रीकान्त यादव
मिति: २०२४-१२-२९ , समय : २०:१८:५५ , श्रीकान्त यादव
श्रीकान्त यादव
राजविराज ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका एक कार्यक्रमका विच आईतबार बालविवाह मुक्त घोषणा भएका छन् ।
सेभ द चिल्ड्रेन तथा सेभ द सप्तरीको सहयोगमा छिन्नमस्ता गाउँपालिकाद्वारा आयोजित एक समारोहका वीच मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले छिन्नमस्ता गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गरेका थिए । गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री सिंहले व्यानर पढेर छिन्नमस्ता गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गरेका थिए ।
कार्यक्रममा मुख्यमन्त्री सिंहले शिक्षालाई सबैमा पहुचका लागि बालविवाह मुक्त हुनु जरुरी रहेको बताए । उनले भने घोषणा गर्न सहज देखीएपनि कार्यान्वयनमा कानूनी जटिलता आउन सक्नेप्रति यसलाई सबैले दृढताको साथ लाग्नु पर्नै बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सल्लाहकार तथा मैथिली साहित्य परिषदका अध्यक्ष समेत रहेका अवधेश कुमार झाले छिन्नमस्ता गाउँपालिका बालबालिका मुक्त घोषणा भएकोप्रति खुसी व्यक्त गर्दै २० बर्षमुनी उमेर समुहका विवाह भोज लगायतका कार्यक्रमहरुमा गाउँपालिकाबासी सहभागी नहुँने प्रतिबद्धता जनाउन आग्रह गरेका थिए ।
कार्यक्रममा सेभ द चिल्ड्रेनका प्रतिनिधि एसविर सारु, सेभ द सप्तरीका अध्यक्ष एवम् गैसस महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ध्रुव देव, सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडा, गाउँपालिका उपाध्यक्ष राजुदेवी यादव, सेभ द चिल्ड्रेनका एसवीर सारु मगर, वडा नम्बर ७ का अध्यक्ष अक्षेलाल यादव, छिन्नमस्ता मन्दिरका पिठाधीश माहाकन्त ठाकुरलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष विजय यादवले गरेका थिए भने स्थानीय युवा नेताद्वोय रवि राय र बब्लु चौधरीले संचालन गरेका थिए।
यता लाखौं खर्चेर पालिकालाइ बाल विवाह मुक्त घाेषणा गरेपनि व्यवहारमा यसलाई लागू हुनपर्ने माग स्थानीयहरुले गरेको छ । सबैभन्दा बढी दलित समुदायको बसाेबास रहेको छिन्नमस्ता गाउपालिकालाइ कागजमा नभइ व्यवहारमा लागू हुने गरि बाल विवाह मुक्त घाेषणाा हुनुपर्ने माग स्थानीय युवा नेता जय प्रकाश यादवले गरेको छ ।
प्रकाशित मिति: २०२४-१२-२९ , समय : २०:१८:५५ , १ हप्ता अगाडि