मधेस प्रदेश : सीमावर्ती नाकाबाट स्थानीय प्रहरीको संलग्नतामा संगठित तस्करी

मिति: २०२४-१२-२८ , समय : १९:०८:०४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशको धनुषाको इनर्वा, जटही, दुहबी, खजुरी, फूलगामा, इटहर्वा, मैनाथपुर लगायतका सीमावर्ती नाकाबाट नेपाल प्रहरीको संलग्नतामा संगठित तस्करी गराएको मौलाएको छ । नेपाल प्रहरीका एसपी भुवनेश्वर तिवारीले धनुषाका सीमा क्षेत्रबाट संगठित तस्करी गराएको दर्जनौं उजुरी प्रहरी प्रधान कार्यालय नक्सालमा परेका थिए । तर नेपाल प्रहरीका जिल्ला प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीलाई भने प्रहरी प्रधान कार्यालयले तानेको छैन ।तस्करलाई लाइन दिएर संगठित तस्करी गराएको आरोपमा धनुषाको सशस्त्र प्रहरी गण नम्बर ८ गणका एसपी दर्शन गिरीलाई सशस्त्र प्रहरी मुख्यालयले आवश्यक छानविनका लागि तानेको छ ।
नेपाल प्रहरीतर्फ भने आईजीपीको प्रत्यक्ष मातहत रहेको उजुरी छानविन टोलीले के गरिरहेको छ भन्ने जानकारी दिएको छैन । एसपी र डीआईजीले खटाएका सानातिना घुमुवा सिपाही हबल्दारलाई कहिलेकाँही तानेर हल्ला गराउनु बाहेक अर्को काम हुन सकेको छैन । धनुषाबाट यतिबेला ठूला तस्करहरूले समूह समूह बनाएर तस्करीको रुट नै चलाएका छन् । प्रत्येक तस्कर समूहले नेपाल प्रहरीका एसपीलाई महिनावारी ५ लाख अलग–अलग बुझाएर संगठित तस्करी धन्दा चलाएको बताइएको छ ।
जटही नाकाबाट सुल्तान मियाँ, बीरु र गब्बरको एउटा तस्कर समूह तथा नरेशको अर्को समूहले तस्करी चलाएका छन् । सुल्तानको समूहले नेपालबाट चाइनिज लसुनको ठूलो मात्रामा अवैध निकासी गरिरहेका छन् भने कोलगेट टुथपेष्ट, स्याउ, मटर–केराउ र रक्सी भारततर्फ तस्करी गरिरहेका छन् । भारततर्फबाट कपडा, हार्डवेयर लगायतको अवैध आयात भइरहेको छ । त्यस्तै नरेशले भारतीय कपडा, चप्पल लगायतको तस्करी गर्ने गरेका छन् । केही दिन अघि मधेश प्रदेश डीआईजीको आदेशमा नरेशको गोदाममा प्रहरीले छापा मारी १ गाडी कपडा र चप्पल बरामद गरेको थियो ।तस्कर उमेश साहले फुलगामा नाकाबाट भारततर्फ चाइनिज लसुन, स्याउ, मटर, केराउ, मरिच र रक्सीको चोरी पैठारी गर्ने तथा उताबाट कपडा, किराना तथा हार्डवेयर लगायतका सामानको अवैध आयात गर्ने गरेका छन् । खजुरीबाट छोटु र एहसान नामक तस्करले भारततर्फ नेपाली आइटम रक्सी, टुथपेष्ट, लाइटर, मटर केराउ, लसुन र पोस्तादान पठाइरहेका छन् भने भारतबाट कपडा, किराना आइटम लगायतको चोरी निकासी भइरहेको छ । अर्का नामुद तस्कर शंकर साहले भारतीय प्याजको ठूलो मात्रामा चोरी पैठारी गरिरहेका छन् । यसैगरी दुहबी नाकाबाट नेपाली आइटम रक्सी, लसुन भारत पठाउने तथा उताबाट किराना आइटम नेपाल आयात गर्ने गरेका छन् । यस्तै इनर्वा नाकाबाट बहिरा उपनामका तस्करले हरेक दिन १०÷१२ पिकअप नेपाली रक्सी भारत पठाउने गरेका छन् । इटहर्वा नाकाबाट अयुब मुसलमानले गाई गोरुको अवैध निकासी गरिरहेका छन् । नव जनप्रहार

प्रकाशित मिति: २०२४-१२-२८ , समय : १९:०८:०४ , २ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित