अख्तियारको ध्यान गजेन्द्रनारायणसिंह अस्पतालमा : अनियमितताको आशङ्का

मिति: २०२४-१२-२५ , समय : ०९:४०:५१ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालमा मंगलबार साँझ अख्तियारको टोली पुगेको छ। अख्तियारको टोली अस्पताल छिर्नुको उदेश्य स्पष्ट नभएपछि साँझपख कर्मचारीहरुसँग सोधपुछ गरेको खुलेको छ।

टोलीले कर्मचारीहरुसँग अस्पतालसँग समबन्धित विषयमा जानकारी लिएको जनाईएको छ। कर्मचारीहरुसित जानकारी लिएपछि अख्तियारको टोली फेरी भोलि बिहान आउने भन्दै फर्किएको छ।

अख्तियारको इटहरीस्थित कार्यालय स्रोतका अनुसार गजेन्द्रनारायण सिंह अस्पतालका विभिन्न कार्यक्रममा अनियमितता भएको भन्दै उजुरी परेको छ। सोही उजुरीका सन्दर्भमा छानबिनका लागि अख्तियारको टोली अस्पतालमा पुगेको हो।

प्रकाशित मिति: २०२४-१२-२५ , समय : ०९:४०:५१ , २ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित