मधेस प्रदेशमा दिउंसै खुलेयाम फूलको तस्करी : सशस्त्रका डिएसपी छानबिनमा तानिए
मिति: २०२४-१२-२४ , समय : १३:०६:५७ , गामघर डेस्क
मिति: २०२४-१२-२४ , समय : १३:०६:५७ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । पछिल्लोपटक मधेस प्रदेशको सिमावर्ति नाकाहरुमा स्थानीय प्रहरी प्रशासनकाे मिलाेमताेमा खुलेआम तस्करी भइरहेको छ । साेहि क्रममा मधेस प्रदेशको बारामा राति मात्रै हाेइन दिउँसो नै खुलेयाम तस्करी चलिरहेको छ। हुदाहुदै बिहान घाम देख्न पाउँदा नपाउदै नाकाबाट तस्करी धन्दा चल्न थालिहाल्छ । अम्बाक्राेइया नाकाबाट बिहानैदेखि फूलको तस्करी धन्दा शुरू भएको छ। यो नाकाबाट नहरको बाटो हुदै बेनाैली निस्केर तस्करहरूले फूल कलैया लगायतका गन्तव्यमा पठाउने गरेका छन् ।
यता मधेस प्रदेश स्थित सशस्त्र प्रहरी बल १२ नम्बर गण बारा मातहत पिपरपाती स्थित प्रस्तावित गुल्मका डिएसपी प्रदिप थापा छानबिनका लागि सशस्त्र मुख्यालय हल्चाेक तानिएका छन् । झण्डै दुई महिना अघि मात्रै हाजिर भएका उनी तस्करी गराएको बारेमा छानबिनका लागि तानिएको खुलेको छ। केही दिन अघि भारतबाट ताेरीकाे ठूलो तस्करी चलेको र उक्त तस्करीमा पिपरपाती स्थित सशस्त्र प्रहरीको पूर्ण सहयोग र सेटिङ रहेको खुलेपछि छानबिनका लागि उनलाई कानुन शाखामा तानिएको सशस्त्र प्रहरी स्रोत बताउँछ । कुनै पव्लिकले तस्करी गरेको र सशस्त्रले सेटिङ गरेर छाेडेकाे भिडियो खिचेर पठाए पछि छानबिन शुरू भएको बताइएको छ।
प्रकाशित मिति: २०२४-१२-२४ , समय : १३:०६:५७ , २ हप्ता अगाडि