मधेस प्रदेश : कारागारमा रहेका थुनुवाको हृदयाघातबाट मृत्यु
मिति: २०२४-१२-२२ , समय : १६:२५:०७ , गामघर डेस्क
मिति: २०२४-१२-२२ , समय : १६:२५:०७ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशको महोत्तरी कारागारका एक थुनुवाको हृदयाघातबाट मृत्यु भएको छ।
लागुऔषध दुर्व्यसन तथा कारोबार मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका सिन्धुलीको कमलामाई नगरपालिका वडा न.७ का ३० वर्षीय निशाज सुनुवारकाे मृत्यु भएको कारागार प्रशासनले जनाएको हो।
जिल्ला अदालत महोत्तरीको आदेशमा छ महिनादेखि थुनामा रहेका उहाँलाई आज बिहान स्वास्थ्यमा असजिलो महसुस भएपछि तत्काल जलेश्वर अस्पताल पुर्याइएको थियो।
यता हृदयाघातबाट निजको मृत्यु भएको चिकित्सकले जनाएका कारागारका सूचना अधिकारी रविनचन्द्र ठाकुरले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२४-१२-२२ , समय : १६:२५:०७ , ३ हप्ता अगाडि