मधेस प्रदेशको पाेखरियाबाट स्थानीय प्रहरी प्रशासनकाे सेटिङमा व्यापक तस्करी
मिति: २०२४-१२-२२ , समय : ०८:२४:३० , गामघर डेस्क
मिति: २०२४-१२-२२ , समय : ०८:२४:३० , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशको पर्साकाे पाेखरिया क्षेत्रबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलकाे सेटिङ र संरक्षणमा व्यापक तस्करी भैरहेको छ। नेपालबाट चाइनिज लसुनकाे तस्करी यसै क्षेत्रकाे नाकाबाट तस्करी भैरहेको छ। नेपाल भित्रिएको चाइनिज लसुन सीमावर्ती क्षेत्रमा लगेर गाेदामहरूमा राख्ने र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई मिलाएर अनुकूल समयमा भारत तस्करी गर्ने काम पाेखरिया मातहतका नाकाबाट हुदै आएको छ । त्यसैगरी भारतीय क्षेत्रबाट चिनी , हार्डवेयर , काजु , बदाम लगायतका सामानहरूकाे ठूलो तस्करी चलिरहेको छ । यो क्षेत्रबाट दुबै प्रहरीले तस्करी गर्न लाइन दिएकाहरूमा हरेराम , चन्दन , रामाधार , रन्जित लगायतका छन् । एसपी कुमाेद ढुङ्गेल पर्साका हाजिर भए देखि नै तस्करी नियन्त्रण गर्न लागिपरेका छन् । त्यही कारण पनि पर्सामा विगतमा जस्तो संगठित तस्करी भएको छैन । तर लामो समयदेखि बसेका घुमुवा अनि टेण्डर हालेर राम्रो ठाउँमा सरूवा मिलाएर जाने प्रवृत्ति प्रहरीमा रहेको छ। त्यसको कारण पनि तस्करहरूले मातहतका थाना , चाैकी , इप्रका , बडा प्रहरी र तिनमा लामो समयदेखि कार्यरत घुमुवाहरूलाई मिलाएर खुलेयाम तस्करी गरिरहेका छन् । इप्रका पाेखरियामा अहिले प्रमुखको रूपमा स्वरूप शर्मा कार्यरत छन् । उनले आर्थिक काराेवारका लागि हवल्दार श्रीलाल महत्ताे मण्डललाई घुमुवाकाे रूपमा परिचालन गरेका छन् । काराेवारीहरूसंग भेट्ने र रकम उठाउने काम उनैले गर्दै आइरहेका छन् । घुमुवा महत्ताे लामो समयदेखि पाेखरियामा घुमुवाकाे रूपमा कार्यरत छन् । यसअघि पनि घुमुवा बसेका उनी धेरै तस्कर तथा व्यापारीहरूबाट रकम असुली गरेको कारण बदनाम मात्रै भएनन , प्रहरी मुख्यालयमा उजुरी परेपछि छानबिन पश्चात् उनलाई अन्यत्र लखेटिएकाे थियो । फेरि पछि च्यानल मिलाएर आएका महत्ताे पुनः घुमुवा बसेर पुरानै धन्दामा सक्रिय रहेका छन् ।
त्यसैगरी यहाँको तस्करीमा सशस्त्र प्रहरीको पनि पूर्ण रूपमा सेटिङ र संरक्षण रहेको छ। सशस्त्र प्रहरीको पकहा मैनपुर स्थित बिअाेपीका सई रामेश्वर कार्कीको पनि तस्करीमा पुरा साथ र सहयोग रहेको छ । यहाँको तस्करीको बिषयमा हाम्रो स्थानीय संवाददाताले कार्कीलाई प्रश्न गर्दा उनलेे तस्करी नभएको दाबी गरे । त्यसैगरी प्रहरीका घुमुवा हवल्दार महत्ताेलाई चार पटक फाेन गर्दा तीनपटक उठाएनन् भने चाैंथाे पटक अर्को व्यक्तिले उठाएर माेवाइल चार्जमा रहेकाे बताए भने महत्तालाई साेध्दा उनी यहाँ नभएको बताएर फाेन राखिदिए ।
सशस्त्रका सई कार्कीले तस्करी नभएको दावी गरेपनि सीमावर्ती क्षेत्रमा जाने जाेकाेहीले पनि देख्न सक्छ कि तस्करी कसरी भैरहेछ भन्ने कुरा । नव जनप्रहारबाट
प्रकाशित मिति: २०२४-१२-२२ , समय : ०८:२४:३० , ३ हप्ता अगाडि