मधेस प्रदेशमा बढदै अपराध : प्रहरीको भान्सेकाे शव गाडी भित्र फेला
मिति: २०२४-१२-२१ , समय : १४:४२:१० , गामघर डेस्क
मिति: २०२४-१२-२१ , समय : १४:४२:१० , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । पछिल्लोपटक मधेस प्रदेशमा अपराधीक घटनाक्रम बढदै गएको छ । साेहि क्रममा मधेस प्रदेशको बारामा बिहान फेला परेको शव पहिचान खुलेको छ । सिमरा उपमहानगरपालिका वडा नम्बर–११ मा मृत भेटिएका व्यक्ति प्रहरीको कार्यालय सहयोगी रहेको बारा प्रहरीले पुष्टि गरेको छ । बारा प्रहरी प्रमुख महेन्द्र खड्काले बेवारिसे अवस्थामा फेला परेको शव प्रहरीको कार्यालय सहयोगी राजकुमार रुम्बा रहेको बताए । उनका अनुसार मृतक रुम्बा सिमरा एयरपोर्टमा कार्यालय सहयोगीको पदमा कार्यरत थिए ।
उनले भने, ‘मृतक रुम्बाले राष्ट्रिय अनुसन्धान बाराका इन्सपेक्टरसाहेबको गाडी मागेर गएका थिए, काम विशेषले गाडी मागेर गएको जानकारी आएको छ । त्यसपछि आज बिहान मृत भेटिएका हुन ।’बेवारिसे हत्या गरिएको अनुमान रहेता पनि पोष्टमार्टम रिपोर्ट नआउँदासम्म यकिनका साथ भन्न सकिने अवस्था नरहेको बारा प्रहरी प्रमुख खड्काले जनाए । उनले भने, ‘घटनाको सूक्ष्म अनुसन्धान भइरहेको छ, हामीले छुट्टै टोली खटाएका छौँ । सम्बन्धित सबैसँग सोधपुछ चलिरहेको छ । त्यसकारण अहिले केही बोल्न सकिने अवस्था छैन ।’बागमती नम्बरको ०१–०२८–च– ७६१६ नम्बरको कारभित्र प्रहरीका भान्से रुम्बाको शव भेटिएको हो । यो गाडी बारा सिमरा एयरपोर्टमा कार्यरत राष्ट्रिय अनुसन्धानका प्रहरी निरीक्षक श्रीकान्त तिवारीको रहेको बारा प्रहरीले जानकारी दिएको छ । मृतकको टाउको पछाडि गहिरो चोट लागेको बारा प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२४-१२-२१ , समय : १४:४२:१० , ३ हप्ता अगाडि