कोशी प्रदेश : रंगेली नाकाबाट प्रहरी प्रशासनकाे मिलाेमताेमा खुलेयाम तस्करी
सशस्त्रका निरीक्षक जय बहादुर मुख्यालय तानिए...
मिति: २०२४-१२-२० , समय : १३:४९:३० , गामघर डेस्क
मिति: २०२४-१२-२० , समय : १३:४९:३० , गामघर डेस्क
गामघर डेस्क
बिराटनगर । कोशी प्रदेशको मोरङको रंगेली निमुवा क्षेत्रबाट तीन सातादेखि प्रहरी प्रशासनकाे मिलाेमताेमा खुलेयाम तस्करी भैरहेको छ। तस्करीको लाइन सशस्त्र प्रहरीले दिएको समेत खुलेको छ। रंगेलीको बोका चोपडा नाकाबाट व्यापक तस्करी भई रहेको छ । यहाँबाट कपडा , चिनी र सूर्तिको ठूलो तस्करी भैरहेको छ । बिल्ला र तुलसी भन्ने तस्करहरूले रंगेलीको बोका चोपडा नाकाबाट तस्करीको लाइन पाएका छन् । सशस्त्र प्रहरी बलको जिल्ला स्थित गण र स्थानीय बिओपी प्रमुखको सेटिङ र संरक्षणमा यहाँ तस्करीको लाइन चलेको स्थानीय व्यापारीहरू बताउँछन् । यहाँबाट तस्करी गरेर भित्रिएका सामान सोझै पथरी स्थित कारोवारीहरूको गोदाममा पुग्ने गरेको पनि स्थानीय व्यापारीले जानकारी दिए ।
यसका अलावा निमुवा नाकाबाट पनि ठूलो तस्करी चलिरहेको छ । यो नाकाबाट ठूलो मात्रामा चिनीको तस्करी हुदै आएको छ । १२ चक्के ट्रक , पिकअप र झण्डै २५० भन्दा बढी मोटरसाइकलका माध्यमबाट यो नाकाबाट चिनीको तस्करी भैरहेको छ । भारतीय चिनी तस्करी गरेर ल्याउने , गोदाममा राख्ने र नेपाल स्थित सेटिङको चिनी मिलको नाम लेखिएको बोरामा हालेर नेपालको उत्पादन भन्दै अन्यत्र पठाउने काम व्यापक मात्रामा भैरहेको छ । श्रवण साह चन्दन साह , राजेश साह समेतका कारोवारीहरूले सिक्टी , डुमरिया ,लक्ष्मीनिया क्षेत्र बाट चिनीको ठूलो तस्करी गरिरहेका छन् ।नेपालबाट चाइनिज लसुन भारत लैजाने र भारतबाट चिनी ल्याउने धन्दा यिनीहरूले सशस्त्र प्रहरीको सेटिङ र संरक्षणमा गरिरहेका छन् । श्रवण साहको ठूलो गोदाम स्थानीय सुवोध साहको घरसंगै जोडिएको छ । उक्त गोदाममा छापा हानेपनि हजारौं बोरा तस्करीको चिनी बरामद हुने हाम्रो स्थानीय समाचारस्रोत बताउँछ । खास गरेर यो तस्करी धन्दा राति १०. ३० बजेदेखि बिहान ४ बजे सम्मको बीचमा हुदै आएको छ । वैशाखयता तस्करीको लाइन चालु भएको छ। खुलेआम तस्करी भइरहेको छ। जसको असर राजस्व संकलनमा परिरहेको भन्सारका अधिकारीहरू बताउँछन्।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख, एसपी विश्व खड्का हेडक्वार्टर तानिएका थिए । तस्करीको लाइन चलाएर अवैध असुली गरेको आरोप उनीमाथि लागेको थियो । मोरङ आएयता तस्करीको लाइन चलाउने समूहसँग साँठगाँठ गरेर असुली गरिरहेको आरोप उनलाई लागेको थियो । साथै, भन्सार छली गरेर नेपाल भित्राइएका अवैध सामान नियन्त्रणमा लिने र पैसा लिएर छाड्ने गरेको आरोप पनि खड्कामाथि लागिरहेको थियो । नेपाल–भारत सीमा क्षेत्रबाट तस्करीको लाइन चलाएर अवैध असुली गरिरहेको पाइएपछि छानबिन एवं अनुसन्धानका लागि खड्कालाई बिहीबार काठमाडौंस्थित हेडक्वार्टर तानिएको थियो । सशस्त्रको मिलेमतोमा गाईगोरु, मटर, चाइनिज स्याउ, सुपारीलगायत नेपालबाट भारततर्फ तस्करी हुने गरेको छ। भारतबाट धान, गहुँलगायतका खाद्यान्नका परिकार, किराना सामान, लत्ताकपडा, गाडीका पार्टपूर्जा, हार्डवेयरका सामानलागयत भन्सार छली गरेर नेपाल भित्राउने गरिएको छ। तस्करी गराएको भेटिएपछि सशस्त्र प्रहरी बल मुख्यालयले मोरङको नोचा स्थित बिओपीका निरीक्षक जय बहादुर दथेपुथेलाई छानबिनका लागि तानेको छ । तर लाइन दिने एसपी खड्कालाई भने तानिएको छैन । खड्का पहिले छानबिनका लागि तानिएर पछि चौतर्फी सोर्सफोर्स लगाएर फर्कन सफल भएका थिए। नव जनप्रहारबाट
प्रकाशित मिति: २०२४-१२-२० , समय : १३:४९:३० , ३ हप्ता अगाडि