उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव निर्वाचित

मिति: २०२३-०३-१७ , समय : १६:४९:५९ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाण्डाै । जनता समाजवादी पार्टी (जसपा) का नेता रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । आज शुक्रवार भएको उपराष्ट्रपतिको चुनावमा यादव बहुमत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो ।

यादवले ३० हजार तीन सय २८ मतभार प्राप्त गर्नुभयो । उहाँले सङ्घीय संसद्तर्फ १४ हजार पाँच सय ३६ र प्रदेश सभातर्फ १५ हजार सात सय ९२ मतभार पाउनुभएको छ । प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा गरी कुल मतभार ५२ हजार छ सय २८ रहेको छ । यादवले त्यसको बहुमत अर्थात् २६ हजार तीन सय १४ मतभारभन्दा बढी मत ल्याउनुभएको छ ।

यादवले नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पराजित गर्नुभएको हो । उपराष्ट्रपतिमा जसपा सांसद पर्मिला कुमारीले पनि उम्मेदवारी दिनुभएको भए पनि मतदानअघि नै उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै यादवलाई सघाउनुभएको थियो ।

यादव गएको मङ्सिर ४ गते भएको प्रतिनिधि सभाको चुनावमा बारा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो ।

प्रकाशित मिति: २०२३-०३-१७ , समय : १६:४९:५९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्