मधेस प्रदेशको राैतहटको बेलबिछुवा नाकाबाट प्रहरी प्रशासनकै मिलेमतोमा खुलेयाम तस्करी

मिति: २०२४-१२-१३ , समय : १३:४९:२७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशको रौतहटको विभिन्न नाकाबाट प्रहरी प्रशासनकै मिलेमतोमा भारतीय सामानको तस्करी बढेको छ।
भारतीय बजारसँग सिमाना जोडिएको रौतहटमा संगठित तथा पोके तस्करहरूले व्यापक रुपमा तस्करी गरिरहेका हुन्। रौतहटको सीमाक्षेत्रमा साना पोके तस्करदेखि ठूला संगठित तस्करहरूको सक्रिय छन्। प्रहरी प्रशासनकै मिलेमतोमा रौतहटका मुख्य नाकाहरूबाट अवैध रुपमा समान ओसारपसार भइरहेको पाइएको छ। साइकल र मोटरसाइकलमा तस्करीको सामान ल्याउने र सीमा वारि ल्याएपछि ठूलो ढुवानी साधनमा विभिन्न भागमा पठाउने गरिएको देखिएको छ। भारतसंग जोडिएका बिभिन्न नाकाहरुबाट सेटिंगमा राजस्व छलेर अबैध सामानहरुको तस्कारी कार्य निरन्तर चलिरहेको छ । बेलबिछुवा सशस्त्र प्रहरी नाकाबाट युनिटले तस्करहरूबाट मासिक रकम लिएर अवैध कारोबार सञ्चालनमा सघाइरहेको स्रोतले बताएका छन्।
बेलबिछुवा नाकाबाट संजय साह , सुरेश यादव , निरज सिंह , बिरेन्द्र सिंह , डाक्टर , मुकेश पट्टेल ,अनिल र रूपेशले प्रमुख रूपमा तस्करीको लाइन पाएका छन् ।सीमावर्ती क्षेत्रबाट व्यापक तस्करी भएको कारण नै यहाँका भन्सारले लक्ष्य अनुरूपको राजश्व संकलन गर्न सकिरहेका छैनन् । जसको असर समग्र अर्थतन्त्रमा परिरहेको छ । सशस्त्र प्रहरीको मिलोमतोमा सङ्गठित रुपमा तस्करी भइरहेको छ।कपडा, खैनी, खाद्यान्न सामग्रीहरु, स्पेयर पार्टस, भैसी राँगा, कुखुरा , कस्मेटिक, हार्डवेयर, बिडी बनाउने सुख्खा,चप्पल लगायतका समाग्रीहरु भारतबाट नेपालमा भित्रिने गरेको छ भने नेपालबाट मदिरा रक्सी,गांजा, छोहाड़ा, मरिच लगायतको सामानहरु भारत तर्फ निर्वाध रुपमा तस्करी भईरहेको छ । सिमावर्ती क्षेत्रमा भइरहेको अवैध कारोबारको विषयमा स्थानीय बासिन्दाहरुले सम्बन्धित निकायमा गुनासो गर्न थालेका छन् । सीमा वारपार हुने तस्करी नियन्त्रणको जिम्मा पाएका निकायहरूकै संलग्नता र सहयोगमा तस्करी व्यापक मात्रामा मौलाएको देखिन्छ। भारतीय बजार बैरगनियाबाट रौतहटको नाका भएर भारतीय ट्याम्पोमा सशस्त्र प्रहरीकै संलग्नतामा व्यापक मात्रा तस्करी भइरहेको छ। मासिक ८० हजारदेखि १ लाख रुपैयाँसम्म दररेट तोकेर उक्त नाकाबाट ब्यापारीलाई कपडा तस्करीको लाइन दिइएको छ ।अहिले सशस्त्र प्रहरी बलको तर्फबाट बेलबिछुवा स्थित बिअाेपी प्रमुखमा निरीक्षक शम्भु तामाङ प्रमुखको रूपमा खटिएका छन् । यसभन्दा अघि निरीक्षक चेतन खड्का कार्यरत थिए । नव जनप्रहारबाट

प्रकाशित मिति: २०२४-१२-१३ , समय : १३:४९:२७ , २ दिन अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित