मधेस प्रदेश : एक लाख घुससहित रंगेहात पक्राउ परेका प्रशासकीय अधिकृतसहित तीनजनालाई सफाइ
मिति: २०२४-१२-१३ , समय : १३:४०:५६ , गामघर डेस्क
मिति: २०२४-१२-१३ , समय : १३:४०:५६ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं ।
घुससहित रंगेहात पक्राउ परेका मधेस प्रदेशको धनुषाको सहिदनगर नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित तीनजनाले सफाइ पाएका छन् । प्रशासकीय अधिकृत सावनकुमार चौधरी, इन्जिनियर रमेशकुमार चौधरी र घुस लेनदेनमा सघाउने गुरुदेव यादवले विशेष अदालतबाट सफाइ पाएका हुन् ।
उनीहरूलाई आयोगको टोलीले एक लाख नगद र एक लाख ७५ हजारको चेकसहित पक्राउ गरेको थियो । दुई लाख ७५ हजार घुस लिएको अभियोगमा गत २० जेठमा अख्तियारले मुद्दा दायर गरेको थियो ।
विद्यालयको बाउन्ड्री वाल बनाउँदा त्यसको भुक्तानीको क्रममा घुस लिएको अख्तियारको अभियोग थियो । घुसको चेक यादवसँग भेटिएपछि आयाेगले उनलाई पनि प्रतिवादी बनाएको थियो ।
विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले बिहीबार सफाइ दिने फैसला गरेको हो । नयाँ पत्रिकाबाट
प्रकाशित मिति: २०२४-१२-१३ , समय : १३:४०:५६ , २ दिन अगाडि