चार जिल्लामा नेपाल पत्रकार महासंघ अध्यक्ष सर्वसम्मत चयन

नेपाल पत्रकार महासंघ शाखा सप्तरीको अध्यक्ष पदमा यादव र देवकाे उम्मेदवारी

मिति: २०२४-१२-११ , समय : २०:०७:४३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं । चार जिल्लामा नेपाल पत्रकार महासंघ अध्यक्ष सर्वसम्मत निर्वाचित भएका छन् ।

खोटाङ, दोलखा, काभ्रे र दाङ जिल्ला अध्यक्ष सर्वसम्मत निर्वाचित भएका हुन् ।

खोटाङमा हरिबोल आचार्य, दोलखामा प्रभु जिरेल, काभ्रेमा विनोद न्यौपाने र दाङमा सन्तोष सुवेदी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
यता नेपाल पत्रकार महासंघ शाखा सप्तरीको अध्यक्ष पदका लागि बेजनाथ यादव र श्रवण देवकाे उम्मेदवारी दर्ता गराएको छ ।

२८ मंसिरमा मतदान हुने महासंघको महाधिवेशन अन्तर्गत जिल्ला कार्य समितिका निम्ति आज मनोनयन दर्ता भएको छ ।

प्रकाशित मिति: २०२४-१२-११ , समय : २०:०७:४३ , ४ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित