कोशी प्रदेश : स्रोत नखुलेको ४७ लाख रकमसहित महिला पक्राउ

मिति: २०२४-१२-११ , समय : १५:२०:३२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

विराटनगर । कोशी प्रदेशबाट स्रोत नखुलेको ४७ लाख ४९ हजार रुपैयाँसहित एक महिला मोरङबाट पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा मोरङकै रंगेली नगरपालिका–८ दर्वेशा कि ६५ वर्षीया ज्योति देवी अग्रवाल छिन् ।अग्रवालले घरमा अवैध रकम राखेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय रंगेलीले उनका घर खानतलासी गर्दा टिनको बाकसमा राखेको स्रोत नखुलेको उक्त रकम फेला परेको हो ।

प्रकाशित मिति: २०२४-१२-११ , समय : १५:२०:३२ , ४ दिन अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित