मधेस प्रदेशको रौतहट जीप दुर्घटना अपडेट : मृत्युु हुने आठ जनाको परिचय खुल्यो

मिति: २०२४-१२-१० , समय : ११:०४:४३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको बारामा गढीमाईको दर्शन गरेर सिराहा फर्कँदै गरेको जीप दुर्घटनामा ज्यान गुमाएका आठ जना र घाइते भएका पाँच जनाको परिचय खुलेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी सिरहाको अर्नामा नगरपालिका–३ बंठिया टोलका रामकुमारीदेवी महरा, रामकुमारी महरा, सकुन्तलादेवी महरा, उर्मिला महरा, लरुवतीदेवी महरा, महगीदेवी महरा, फुलमन्तीदेवी चमार र चालक श्रीकुमार यादवको ज्यान गएको प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो ।

त्यस्तै दुर्घटनामा घाइते भएका राधा राम, आर्यन राम, देवकुमारी महरा, रितिक महरा र कन्यादेवी महरालाई उपचारका लागि वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको लमाहामा गएराति बा १६च ३१६२ नम्बरको जीप दुर्घटना भएको हाे । यता जीप अनियन्त्रित भई रुखमा ठोक्किएको थियो ।

प्रकाशित मिति: २०२४-१२-१० , समय : ११:०४:४३ , ६ दिन अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित