कसले र किन गरे सुधिर झाकाे हत्या : गजेन्द्रनारायण सिह अस्पतालका कर्मचारीकाे हत्या कि आत्महत्या…?
मिति: २०२४-१२-०८ , समय : २१:१४:१७ , एस.एन.यादव
मिति: २०२४-१२-०८ , समय : २१:१४:१७ , एस.एन.यादव
एस.एन.यादव
राजविराज । सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा कार्यरत एक कर्मचारी मृत अवस्थामा फेला परेका छन् ।
सप्तरीको राजविराज स्थित महेन्द्र क्लबको भवनमा छिन्नमस्ता गाउपालिका वडा न.३ गोविन्दपुर निवासी अन्दाजी ४५/५०बर्षीय सुधीर कुमार झा शनिबार झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
महेन्द्र क्लबको भवनमा झुन्डिएको अवस्था देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना स्थालमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएका प्रहरी निरीक्षक नेतृत्व टोलीले अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
स्मरण रहाेस , मधेस प्रदेशमा जनमत पार्टीका मुख्यमन्त्री भए पछि सप्तरी सहित मधेस प्रदेशका जिल्लाहरुमा हत्या , अपहरण , लुटपाट तथा चाेरि डकैतीकाे घटनाक्रम समेत बढेको स्थानीयहरु बताउँछन् । अाखिर किन र केकाे लागि अस्पतालका कर्मचारी सुधिर झाकाे हत्या गरेको हाे त….यसकाे सहि सत्यतथ्य घटना स्थानीय प्रहरी प्रशासन तथा मधेस प्रदेश सरकारले सार्वजनिक गर्नुपर्ने माग स्थानीयहरुले गरेको छ ।
प्रकाशित मिति: २०२४-१२-०८ , समय : २१:१४:१७ , १ हप्ता अगाडि