मधेस प्रदेश : झण्डै १ करोड २ लाख बराबरको चाँदी बरामद
मिति: २०२४-१२-०८ , समय : १५:३७:३२ , गामघर डेस्क
मिति: २०२४-१२-०८ , समय : १५:३७:३२ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशबाट प्रहरीले १ करोड २ लाख बराबरको ६० किलो चाँदीसहित १ जनालाई शनिबार पक्राउ गरेको छ । जिल्ला बारा कलैया उपमहानगरपालिका-५ घुसुकपुरका ३६ वर्षीय कर्म साह सोनार चाँदी, स्कुटीसहित पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी प्रकाश सापकोटाकाअनुसार पथलैया- हेटौंडा सडक खण्डको जीतपुरसिमरा उपमहानगरपालिका-२१ अमलेखगन्जबाट चाँदी बरामदसहित एक जनालाई पक्राउ गरिएको हो ।
वीरगन्जबाट हेटौंडातर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३-००५ प ३२६ नम्बरको स्कुटीलाई रोकी जाँच गर्दा उक्त स्कुटीको खुट्टा राख्ने ठाउँमा फल्स बटम बनाई लुकाइछिपाई लगिरहेको चाँदी बरामद गरिएको उनले बताए । यसबारे थप अनुसन्धान भइरहेको डीएसपी सापकोटाले बताए ।अमलेखगन्ज इलाका प्रहरी कार्यालयका सई टेकबहादुर कार्कीको टोलीले चाँदी बरामद गरेको हो । सुराकीले दिएको सूचनाको आधारमा चाँदी बरामदसहित सोनारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२४-१२-०८ , समय : १५:३७:३२ , १ हप्ता अगाडि