मधेस प्रदेश : गढिमाई मेलामा खुलेयाम ठगी धन्दा , सम्बन्धित निकाय बेखबर

मिति: २०२४-१२-०७ , समय : १३:५६:०६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशको बारामा गढिमाईकाे मेला भव्य रूपमा संचालन भैरहेको छ । उक्त मेलामा नेपाल र भारतबाट लाखौं भक्तजनहरूकाे सहभागिता भैरहेको छ । टाढा टाढाबाट आएका भक्तजनहरूले व्यक्तिगत र सामुहिक रूपमा साना देखि ठूला सवारीसाधन मार्फत गढिमाई पुगिरहेका छन् । दर्शन गर्न आउने भक्तजनहरूले ल्याएको सवारीसाधनकाे राख्नकाे लागि पार्किङकाे व्यवस्था पनि गरिएको छ । त्यसको लागि पार्किङकाे ठेक्का मनाेज जैसवालले पाएका छन् । पार्किङ गरेवापत माेटरसाइकल र स्कुटर अर्थात दुई चक्केकाे ५० रूपैयाँ र चार चक्केकाे १०० रूपैयाँ लिने निर्णय मेला व्यवस्थापन समितिले गरेको छ । तर ठेक्का पाउने ठेकेदार मनाेज जैसवालले दुई चक्केकाे १०० र चार चक्केकाे २०० रूपैयाँ खुलेयाम रूपमा लिइरहेका छन् । त्यतिमात्र हाेइन पार्किङ बाहेक अन्यत्र राखिएका सवारीसाधनबाट समेत खुलेयाम रकम असुली गर्ने काम ठेकेदार जैसवालबाट भैरहेको छ । यसरी खुलेयाम ठगी गरेको बारेमा प्रहरी , ट्राफिक प्रहरीलाई बारम्बार भन्दा कुनै सुनुवाइ नभएको सवारीसाधनका मालिकहरू बताउँछन् । ठेकेदारकाे रकम उठाउन बसेका कामदारहरू भन्छन् , कंही रिपोर्ट गरेपनि केही हुदैन , हामीले प्रहरी र ट्राफिक प्रहरीलाई छुट्टै रकमको व्यवस्था गरेका छाैं ।
यसरी प्रहरीसंगकाे मिलिमताेमा ठगी भएको रहेछ भन्दै सवारीसाधनका चालकहरू बाटो लाग्ने गरेका छन् ।

प्रकाशित मिति: २०२४-१२-०७ , समय : १३:५६:०६ , १ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित