पत्रकार महासङ्घको नयाँ नेतृत्वका लागि सत्तारूढ र विपक्षी गठबन्धनको छुट्टाछुट्टै प्यानल (उम्मेदवारहरूकाे नामावली सहित)

मिति: २०२४-१२-०७ , समय : ०८:३५:४६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाण्डाै । नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्वका लागि सत्तारूढ र विपक्षी दल नजिकका पत्रकार सङ्गठनहरूले छुट्टाछुट्टै गठबन्धन गरेर प्यानलसहित उम्मेदवारी दिएका छन् ।

सत्तारूढ दल निकट नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले साझा प्यानल बनाएका छन् भने विपक्षी दल निकट प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठन, क्रान्तिकारी प्रेस सङ्गठन, जनपत्रकार सङ्गठन, प्रगतिशील पत्रकार सङ्गठन र प्रेस मञ्चले अर्को प्यानल बनाएका छन् ।

अध्यक्षमा सत्तारूढ प्यानलबाट निर्मला शर्मा र विपक्षी प्यानलबाट कमल गिरीको उम्मेदवारी परेको छ । शर्मा प्रेस चौतारीको कोटाबाट र गिरी प्रेस सेन्टरको कोटाबाट अध्यक्षको उम्मेदवार बन्नुभएको हो ।

चौतारीको कोटाबाट महिला उपाध्यक्षमा नितु पण्डित, आदिवासी जनजाति सचिवमा सविन प्रियासन चौधरी, कोषाध्यक्षमा रामकृष्ण ज्ञवाली र लेखा आयोग संयोजकमा केसी लामिछानेको उम्मेदवारी परेको छ ।

यस्तै प्रेस युनियनका तर्फबाट वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, महासचिवमा रामप्रसाद दाहालको उम्मेदवारी परेको छ । सचिवहरूतर्फ रमेश खतिवडा (खुला), सोनी शर्मा (महिला), प्रकाश धौलाकोटी (दलित), वैकुण्ठ पराजुली (एशोसिएट) र अशोक तिवारी (मधेशी) को उम्मेदवारी परेको छ ।

यस्तै विपक्षी प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रोशन पुरी, महिला उपाध्यक्षमा गङ्गा बराल र समावेशी उपाध्यक्षमा सुवास साह र महासचिवमा लेखनाथ न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै सचिवहरूमा उत्तर विष्ट (खुला), सिर्जन झा (मधेशी), सरिता बराईली (दलित), भीषण राई (आदिवासी जनजाति) र विकास कार्की (एशोसिएट) तथा कोषाध्यक्षमा रामकृष्ण अधिकारी र लेखा समिति संयोजकमा ध्रुव रावलको उम्मेदवारी परेको छ ।

महासङ्घको अध्यक्षमा देवीप्रसाद सापकोटा, रमेश विष्ट र लालसिंह (एलएस) लामाको पनि उम्मेदवारी परेको छ । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईं र दामोदरप्रसाद दवाडी तथा महासचिवमा जन्मदेव जैशी र प्रकाश थापाको पनि उम्मेदवारी परेको छ ।

महासङ्घको ५२ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि एक सय ३३ जनाको उम्मेदवारी परेको छ । महासङ्घको नयाँ कार्यसमिति चयनका लागि आउँदो शुक्रवार चुनाव हुनेछ । उज्यालो

प्रकाशित मिति: २०२४-१२-०७ , समय : ०८:३५:४६ , १ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित