शपथ लिँदालिँदै किन पक्राउ परे सप्तरीको डाक्नेश्वरी नगरपालिकाका नवनिर्वाचित वडाध्यक्ष साह
मिति: २०२४-१२-०६ , समय : १९:१४:०२ , गामघर डेस्क
मिति: २०२४-१२-०६ , समय : १९:१४:०२ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा न.१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साह सपथ लिँदालिँदै पक्राउ परे । निर्वाचित भएपछि सपथ लिने क्रममा उनलाई बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले पक्राउ गरेको थियो ।
नवनिर्वाचित वडाध्यक्ष पक्राउ पर्नुको कारण बलात्कार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानको कसुरमा संलग्न रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी ढकेन्द्र ढकालका अनुसार उनीविरुद्ध यिनै ३ वटा कसुरमा अनुसन्धान भइरहेको छ ।
दुई व्यक्तिको हत्यादेखि बलात्कार र अपहरण तथा बेपत्ताको कसुरमा समेत उनी जोडिएको प्रहरीको भनाइ छ ।
करिब तीन वर्ष अघि १२ चैत २०७८ मा साह लगायतका व्यक्तिहरुले एक महिलालाई बलात्कार आरोप छ । बलात्कार र कर्तव्य ज्यान गरेको भन्दै हुलाकमार्फत १७ साउन २०७९ मा जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी आएको थियो ।
त्यसपछि १० जेठ २०८० मा जिल्ला सरकारी वकिल कार्यालय हुँदै इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीमा व्यक्ति बेपत्ता रहेको सम्बन्धमा अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानको कसुरमा जाहेरी आएको थियो ।
उच्च अदालत जनकपुरको राजविराज इजलासबाट पनि ४ चैत २०८० मा परमादेश समेत जारी भइ उच्च सरकारी वकिलको कार्यालय राजविराजमार्फत इलाका प्रहरी कार्यालय कल्याणपुरमा ६ साउन २०८१ मा उक्त परमादेश समेत आएको थियो ।
त्यसपछि साहको विरुद्ध अनुसन्धान गर्ने बाटो प्रहरीलाई खुलेको थियो । सोही अनुसार उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको एसपी ढकालले बताए । अनलाइनखबरबाट
प्रकाशित मिति: २०२४-१२-०६ , समय : १९:१४:०२ , १ हप्ता अगाडि