गढिमाई मेला शुरू : भारतीय गाडीबाट खुलेयाम असुली….

मिति: २०२४-१२-०६ , समय : १९:०२:१७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशको बारामा गढिमाई मेला शुरू भएको छ। अहिले लागिरहेको मेला पाँच बर्षमा लाग्ने मेला हो । पाँच बर्षमा लाग्ने मेला भएको कारणले पनि यो मेलामा नेपाल र भारतबाट लाखौंको संख्यामा दर्शनार्थीहरूको आवतजावत हुने गर्दछ । बिशेष गरेर यो मेला एक महिना सम्म चल्ने गर्दछ । मेलामा नेपाली भन्दा पनि भारतीय दर्शनार्थीहरू लाखौंको सख्यामा सवारीसाधन लिएर आउने गर्दछन् ।
यसरी गढीमाईको दर्शन गर्न आउने भारतीय दर्शनार्थीहरू चढेको सवारीसाधनबाट प्रहरीले बारामा खुलेयाम रकम असुली गरिरहेको भेटिएको छ । भारतीय दर्शनार्थीहरू बिशेष गरेर कर्चवा , मटिर्अवा र कवही नाकाबाट प्रवेश गरिरहेका छन् । ठूलो संख्यामा आउने दर्शनार्थीहरूले प्रयोग गर्ने सवारीसाधनबाट यी नाकामा खटिएका प्रहरीले खुलेयाम रकम असुली गरिरहेका छन् । भारतीय नम्बर प्लेटका गाडी प्रवेश गरेवापत प्रहरीले खुलेयाम रकम असुली गरिरहेको हो । प्रहरीले रेट नै राखेर रकम असुली गरेको सवारी चालकहरूले बताएका छन् । चार चक्के र ट्याक्टर प्रवेश गरेवापत भारू दुई सय र अन्य गाडीको हकमा पाँच सय भारू प्रहरीले लिने गरेको गाडीका ड्राइभरहरू बताउँछन् ।
अहिले यी नाकाहरूबाट दैनिक सयौंको संख्यामा नभएर हजारौंको संख्यामा भारतीय नम्बर प्लेटका सवारीसाधनहरू प्रवेश गरिरहेका छन् । यसरी प्रहरीले दैनिक भारतीय नम्बर प्लेटका गाडीहरूबाट मात्रै लाखौं रूपैयाँ उठाई रहेको ड्राइभरहरू बताउँछन् । उता बारा प्रहरीले भने गुनासो आएको स्वीकार्दै त्यस्तो हुन नदिने बताए पनि खुलेयाम असुली कार्य भैरहेको छ । हाम्रो टाेलिले स्थलगत रिपोर्टिङ गर्ने क्रममा गत बिहीबार १० बजेको समयमा यी नाकामा जांदा पनि प्रहरीले खुलेयाम रकम असुली गरिरहेको थियो ।

प्रकाशित मिति: २०२४-१२-०६ , समय : १९:०२:१७ , १ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित