पत्रकार महासंघमा चौतारी र युनियनबीच भागबण्डा : नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा तालाबन्दी
मिति: २०२४-१२-०६ , समय : १३:५७:२४ , गामघर डेस्क
मिति: २०२४-१२-०६ , समय : १३:५७:२४ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । प्रेस मंच नेपाल सप्तरीले नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा अनिश्चितकालीन तालाबन्दी गरेकाे छ ।
आसन्न महासंघको निवार्चनमा नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सदस्यता नामावली हालसम्म केन्द्रले सार्वजनिक नगरेकोले महासंघ सप्तरीमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन् ।
आज नेपाल पत्रकार महासंघ केन्द्रिय समितिमा मनोनयन दर्ता गर्ने दिन सम्मपनि सप्तरीको सदस्यता टुंगो नलगाई केन्द्रले महासंघको निर्वाचनमा गराउनु बदनियत मनोमानि भएको प्रेस मंच नेपालको ठहर छ ।
यता नेपाल पत्रकार महासंघको नेतृत्वमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालबीच भागबण्डा भएको छ ।सहमति अनुसार चौतारीले अध्यक्ष, महिला उपाध्यक्ष, आदिवासी जनजाति सचिव, कोषाध्यक्ष र लेखा संयोजक सहित २२ सदस्यमा पाएको छ ।
बाँकी पदाधिकारीहरूमा युनियनबाट उम्मेदवारी हुनेछ । प्रदेशको नेतृत्वमा पनि भागबण्डा भएको छ ।चौतारीका उपाध्यक्ष राजेश राईका अनुसार कोशी, मधेश, कर्णाली र उपत्यकाको अध्यक्ष चौतारीले लिएको छ । बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसियट र प्रतिष्ठानको अध्यक्ष युनियनले लिएको छ ।
जिल्ला अध्यक्षहरुमा पनि भागबण्डा भएको छ । ४१ युनियन जिल्ला अध्यक्ष युनियन र ३६ जिल्ला अध्यक्ष चौतारीले लिएको छ । जिल्लाहरुको संख्या टुंगिएपनि कसले कुन जिल्ला लिने भन्ने टुंगिन बाँकी छ ।२८ मंसिरमा हुने महाधिवेशनका लागि आज मनोनयन दर्ता हुँदैछ ।
प्रकाशित मिति: २०२४-१२-०६ , समय : १३:५७:२४ , १ हप्ता अगाडि