सांसद चौधरीको निलम्बन फुकुवा

मिति: २०२३-०२-२२ , समय : १५:०५:१५ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डाै – नागरिक उन्मुक्ति पार्टीका निलम्बित सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्रजातन्त्र दिवसका अवसरमा सांसद चौधरीको कैद मिनाहा भएको व्यहोराको पत्र सदनलाई जानकारी गराएपछि सांसद चौधरीको निलम्बन फुकुवा भएको हो ।

आन्दोलनका क्रममा ट्र्याक्टरमा आगजनीको घटनामा सांसद चौधरी जेल पर्नुभएको थियो ।

प्रकाशित मिति: २०२३-०२-२२ , समय : १५:०५:१५ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित