औषधि खरिदमा भ्रष्टाचार : प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा दायर
मिति: २०२४-१२-०५ , समय : २२:२४:५० , गामघर डेस्क
मिति: २०२४-१२-०५ , समय : २२:२४:५० , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले औषधि खरिदमा अनियमितता गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।प्रमुख प्रशासकीय अधिकृत बगालेसँगै तत्कालीन लेखा अधिकृत पुरुषोत्तमकुमार प्रसाद, स्वास्थ्य शाखा प्रमुख सुरैत चौधरी, जिन्सी शाखा प्रमुख सम्पैत यादव, हेल्पिङ्ग मल्टीपर्पोज प्रालि मैतीदेवी, काठमाडौं र उक्त फर्मका निर्देशक माधव प्रसाद गौतमविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।उनीहरूमाथि जनही ४ लाख ६० हजार ८१० रुपैयाँ बिगो कायम गरी बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको छ। आर्थिक वर्ष २०७८/७९ मा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाका औषधि खरिदका क्रममा अनियमितता भएको बताइएको छ।
नेपाल सरकारको स:शर्त अनुदान शीर्षकबाट विनियोजित रकममध्ये १७ प्रकारका औषधिहरू पत्रिकामा प्रकाशित मूल्यभन्दा बढीमा खरिद गरिएको र ५ प्रकारका औषधि पत्रिकामा उल्लेखित मूल्यसूचीभन्दा बाहिरबाट खरिद गरिएको अभियोग लगाइएको छ।नेपाल सरकारको सःशर्त अनुदान शीर्षकबाट विनियोजित रकममध्ये १७ प्रकारका औषधि स्थानीय पत्रिकामा प्रकाशित मूल्यभन्दा बढी मूल्य राखी खरिद गरेरगराएको पाइएको छ ।यस्तै ३२ प्रकारका औषधिमध्ये १७ प्रकारका औषधि उल्लिखित दररेट भन्दा बढी मूल्यमा खरिद गरेको रकम ३ लाख ४६ हजार ३२० र ५ प्रकारका औषधि पत्रिकामा प्रकाशित औषधिको मूल्यसूची भन्दा बाहिरको औषधिहरु १ लाख १४ हजार ४९० रहेको थियो ।
यता दुबै गरेर ४ लाख ६० हजार ८१० रुपैयाँ नेपाल सरकार र सार्वजनिक संस्थालाई हानिनोक्सानी पुर्याएको पाइएको छ । आयोगले औषधि खरिद प्रक्रिया र मूल्य निर्धारणमा गरिएको गम्भीर त्रुटिका कारण भ्रष्टाचार मुद्दा चलाएको हो।
प्रकाशित मिति: २०२४-१२-०५ , समय : २२:२४:५० , १ हप्ता अगाडि